४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मनीषाको 'महामृत्युञ्जय' सार्वजनिक

बलिउड अभिनेत्री तथा लेखक मनीषा कोइरालाले महाशिवरात्रिका अवसरमा ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छन् । महामृत्युञ्जयमा मनीषासँगै सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युञ्जयमा संस्कृत शब्द छन् । यसको संगीत स्वर दिने श्रेष्ठले नै गरेका हुन् ।

मनीषा कोइरालाको प्रश्न : पृथ्वी जयन्तीमा हस्तक्षेप गर्ने नेपालीको सरकार नै हो ?

अभिनेत्री मनीषा कोइरालाले पृथ्वी जयन्तीको अवसमा निकालिएको र्यालीमा भएको प्रहरी हस्तक्षेपको विरोध गरेकी छन्। उनले शान्तिपूर्णरुपमा भेला हुन पाउने आम नागरिकको अधिकार खोसेर सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाएको छन्।

होटलको क्वारेन्टिनमा मनीषा कोइराला

अभिनेत्री मनीषा कोइराला राजधानीको एक होटलमा १४ दिने क्वारेन्टिनमा बसेकी छिन् । स्थलमार्गबाट रूपन्देहीको बेलहिया नाका हुँदै मंगलबार नेपाल प्रवेश गरेकी उनी आमा र बुबासहित क्वारेन्टिनमा बसेकी थिइन् ।

‘नेपालले आफ्नो भूमि मागेको हो’

नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गर्दै अभिनेता राजेश हमालले अभिव्यक्ति दिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको भिडियोमा उनले सीमालाई लिएर कुनै विवाद नभएको बताएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्