२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मनीषा कोइरालाको प्रश्न : पृथ्वी जयन्तीमा हस्तक्षेप गर्ने नेपालीको सरकार नै हो ?

अभिनेत्री मनीषा कोइरालाले पृथ्वी जयन्तीको अवसमा निकालिएको र्यालीमा भएको प्रहरी हस्तक्षेपको विरोध गरेकी छन्। उनले शान्तिपूर्णरुपमा भेला हुन पाउने आम नागरिकको अधिकार खोसेर सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाएको छन्।

ट्वीट गर्दै उनले भनेकी छन्, 'राष्ट्रीय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकभई श्रद्धञ्जली दिन नापाउने? आम व्यक्ति को भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकवाद तर्फ उन्मुख छ।'

'पृथ्वी नारायणको शालिक अगाडि नै सरकारको यो आपत्तिजनक कार्य? पानीको फोहरा र टियर ग्यास सहितनै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?', भन्दै कोइरालाले प्रश्न गरेकी छन्।

'मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकताप्रतिको सामूहिक भावलाई सरकार ले सम्मान गर्ने छ। तर उस्को व्यवहार ठीक उल्टो देखियो। पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य? पानीको फोहरा र टियर ग्यास सहितनै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?', कोइरालाले ट्वीट गरेकी छन्।

पृथ्वी जयन्तीमा निकालिएको र्‍याली। तस्बिर : मोनिका मल्ल

 

प्रकाशित: २७ पुस २०७७ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App