९ मंसिर २०८१ आइतबार
image/svg+xml

मदिरा पिउनेहरु होसियार, ‘पिसाबथैली फुट्नसक्छ’

सामान्यतया मदिरा (रक्सी)को लत लागेकाहरुलाई कलेजोमा समस्या हुन्छ। लामो समय रक्सी पिउनेहरुको कलेजो ड्यामेज भएर मृत्युसमेत हुने गरेको छ। तर, लत लागेको होस वा कहिले कहीा मात्र मदिरा पिउने होस्, थाहा नपाई पिसाब थैली फुटेर पनि मृत्यु हुनसक्छ।

बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा दुई करोड रुपैयाँभन्दा बढीको मदिरा कारोवार भएको छ। वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा दुई करोड रुपैयाँभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ।

घरेलु मदिराको प्रभाव: पाथीकाे धान ६०, कोदो सय रुपैयाँमा कारोबार

कोदोबाट बन्ने घरेलु मदिराको माग बढ्न थालेपछि कोदोको मुल्य बढ्न थालेको छ। स्थानीय जातको कोदोको मुल्य हाल पाथीकै एक सय रुपैयाँ भन्दा बढीमा कारोबार हुन थालेको स्थानिय बताउँछन्।

लाजले मदिरा सेवनकर्ता स्वाट्टै घटे, जग्गा बेचेर पिउने गाेरे भन्छन् 'गाउँमा मेरै उदाहरण दिन्छन्'

गौमुल–६ सटेडाका गोरे मिजारले तीन दशक बढी मदिरा सेवन गरिरहे। २० वर्षको जवानीदेखि सुरु गरेका मिजारले ५० नाघिसक्दापनि मदिरा खान छोडेनन्। श्रीमतीका गह गहना समेत विक्री गरे, भएको जग्गा जमिनसमेत मदिरा खानमै उडाए। मिजार कुनै दिन नबिराई मदिरा सेवन गर्थे।

भारत तस्करी हुन लागेकाे मदिरा बरामद गर्दै प्रहरी

बरियारपट्टी गाउँपालिका १ मा दुइ जनाको घरबाट प्रहरीले ठूलो परिमाणमा मदिरासहित दुई जनालाई पक्राउ गरेको छ। सीमावर्ती घरमा मदिरा भण्डार गरि भारत लैजाने तयारी गरिरहेका दिनेश चौधरी र जोगिन्द्र चौधरीलाई मदिरासहित पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले नागरिक न्यूजलाई जानकारी दिए।

भारततर्फ मदिरा तस्करी गर्ने एक पक्राउ

सिरहा नगरपालिका १५ बुधौरा नाकाबाट प्रहरीले ठूलो परिमाणमा मदिरासहित एक जनालाई पक्राउ गरेको छ। नेपालबाट मदिरा बोकेर भारततर्फ गइरहेको समूहमध्ये ४० वर्षीय बलराम यादवलाई पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

मदिरा पिएर आफ्नै नातेदारको हत्या

मदिरा पिएर विवाद हुँदा छुरा प्रहार गरि सुनसरी भोक्राहा–नरसिंहका एक पुरुषको हत्या भएको छ। भोक्राहा–नरसिंह वडा नं. ५ का ४५ वर्षीय वहाव मियाँको छुरा प्रहारबाट सिकिस्त भएकोमा आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको हो।

महिलाको सक्रियतामा बरामद गरिएको अवैध मदिरा नष्ट

प्रहरीले अवैध रुपमा उत्पादन गरिएको २ हजार बढी घरेलु मदिरा नष्ट गरेको छ। सदरमुकाम मार्तडीका महिला र प्रहरीको सक्रियतामा बरामत गरिएको २ हजार २ सय ६५ लिटर अवैध मदिरा सर्वपक्षिय रोहबरमा नष्ट गरिएको हो।

भारततर्फ लग्दै गरेको मदिरासहित जीप पक्राउ

सिरहाको बरियारपट्टी नाकाबाट प्रहरीले मदिरा बोकेको भारतीय गाडी पक्राउ गरेको छ। नेपालबाट मदिरा बोकेर भारततर्फ गइरहेको एचआर ६६१४८७ नम्बरको स्कर्पियो जीप पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

मदिराको झाेकमा खुकुरी प्रहार

मदिराको झाेकमा गुल्मीको मदाने गाउँपालिका १ मा खुकुरि प्रहार भएको छ । मदाने १ का वावुराम चन्दले मदिराकाे झाेकमा अाफ्नै साथी वसन्त वाेहरामाथि खुकुरी प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीन घलेले जानकारी दिएका छन् ।

संसदमा ‘बिहे गर्न २० वर्ष पुग्नुपर्ने, रक्सी पिउन ६ वर्ष भए हुने?’ भनेपछि...

सांसदहरुले मदिरा नियन्त्रण गर्न माग गरेका छन्। मदिरामा कुनै नियन्त्रण नहुँदा अपराध बढेको भन्दै सांसदहरुले बुधबारको राष्ट्रियसभा बैठकमा अपराध नियन्त्रणका लागि पनि सरकारले मदिरामा कडाई गर्नुपर्ने माग राखे।

मदिरा नियन्त्रण अभियानः उच्चले रोक्यो, सर्वोच्चले बाटो खोल्यो

रुकुम (पश्चिम)मा मदिरा मुक्त गर्ने अभियानले केहि महिनादेखी निकै चर्चा पाएको छ।

मदिरा सेवन गरी घरमा आगजनी, श्रीमतीको जलेर मृत्यु

मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिंह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनकी श्रीमती ३० वर्षीया बिमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ।

विद्यालयमा मदिरा सेवन गरी तोडफोड

युवाहरुको समूहले जिल्लाको मध्य क्षेत्रस्थित गैरमा रहेको विद्यालयमा मदिरा सेवन गरी तोडफोड गरेका छन्। कविलासी नगरपालिका–७, गैरमा रहेको श्री माध्यमिक विद्यालयमा तोडफोड भएको हो।

विशाक्त मदिरा सेवनले एकै परिवारका ६ जनाको मृत्यु

भारतमा विशाक्त मदिरा सेवनले एकै परिवारका ६ जनाको मृत्युभएको छ। उत्तर प्रदेशस्थित रामनगरको रागीगञ्जमा विशाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्