८ वैशाख २०८१ शनिबार

बस्तीमा क्वारेन्टिन नराख्न भन्दै विरोध

भेरीगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र छिन्चु आसपासमा क्वारेन्टिन र स्क्रिनिङ सेन्टर स्थापना गर्न नहुने भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मदाने चौर, मेला लाग्ने चौर र शारदा माविमा क्वारेन्टिन र स्वास्थ्य चौकीमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रदेश २ मा ३ सय ५ आइसोलेसन बेड थप्ने निर्णय

प्रदेश २ सरकारले प्रदेशमा तीन सय आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । संक्रमितको संख्या र जोखिम बढेपछि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवं समन्वय समितिको मंगलवार बसेको बैठकले प्रदेशका विभिन्न स्थानमा ३ सय ५ आइसोलेसन बेड थप्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यायले जनाएको छ ।

क्वारेन्टिनबाटै संक्रमणको खतरा

कोरोना रोकथाम एवम् नियन्त्रणको लागि बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राखिन्छ तर तिनै क्वारेन्टिन व्यवस्थिति नहुँदा संक्रमणको जोखिम छ । क्वारेन्टिन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो । तर यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ । क्वारेन्टिनमा पालना गर्नुपर्ने कुनै नियम पालना भएको छैन, जसले गर्दा संक्रमण नभएकालाई पनि संक्रमण हुने संभावना देखिएको हो ।

कोरोनाका संभावित संक्रमितका लागि बनाइएको क्वारेन्टिन तराईमा खचाखच, पहाडमा रित्तै

कास्कीको रुपा गाउँपालिकाले कोरोना भाईरसका सम्भावित संक्रमितका लागि विभिन्न तीनठाउँमा क्वारेन्टिन बनाउने निर्णय त गर्‍यो । तर सबै क्वारेन्टिन संचालन गर्न आवश्यक परेन । सुरुमा एउटा मात्र संचालनमा ल्याइएको क्वारेन्टिनमा २५ जना स्थानीय बसेका थिए । पहिलो चरणमा क्वारेन्टिनमा बसेका घर फर्केपछि केही समयपछि क्वारेन्टिन नै रित्तियो ।

भारतको वनवासामै ३५ दिन क्वारेन्टिन बसेर फर्किएका थिए

लकडाउनको ५६ औं दिनमा कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका आठबीस नगरपालिका–१ सात्तालाका ३५ वर्षीया युवा वनवासामै ३५ दिन क्वारेन्टिनमा बसेर फर्किएका थिए । शनिबार आठविस नगरपालिकाले बनाएको क्वारेन्टिनबाट स्वाब संकलन गरि आइतबार प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा जाँच गरिएको थियो ।

नाम मात्रैका क्वारेन्टिन

दैलेखको आठबीस नगरपालिकाको सात्तलास्थित लक्ष्मी माविको क्वारेन्टिनमा राखिएका मध्ये एक जनामा कोरोना संक्रमण देखियो । विद्यालयको पाँच वटा कोठामा कोरोना संक्रमित व्यक्तिसँगै ३९ जना बस्थे । एउटै कोठामा आठदेखि १० जनासम्म राखिएको थियो । कोरोना संक्रमण देखिएका व्यक्तिसँगै कोठामा १० जना बस्थे । यो घटनाले कर्णालीमा सञ्चालनमा रहेका क्वारेन्टिनको अवस्था के छ भन्ने देखाउँछ ।

बनाएनन् सबै वडाले क्वारेन्टाइन

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सात स्थानीय तहका ९८ वटै वडामा क्वारेन्टाइन निर्माण गर्ने सहमति भएको थियो । समितिको बैठकमा दिइएको जानकारीअनुसार भरतपुर महानगरपालिकाका २९ वडामध्ये सात वडाले मात्र क्वारेन्टाइनको व्यवस्था गरेका छन् ।

शिशुसहितका आफन्त फर्के घर, गाउँका १ सय ८८ को स्वाब संकलन

कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा पहिलो पटक ज्यान गुमाउने सुत्केरीका शिशुसहितका आफन्त धुलिखेल अस्पतालबाट सोमबार साँझ घर फर्केका छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई घर पठाएको हो ।

जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा योग अभ्यास

जिल्लाको कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण भएको जिल्ला स्तरीय एकीकृत क्वारेन्टिनमा योग अभ्यास शुरु भएको छ । क्वारेन्टाईनमा रहेका मध्ये भारतबाट नेपाल आएका २९ जनामा १ जना मुगु ,१ जना हुम्लाको र बाकी सबै जुम्लाका छन् । यहाँ बसेका सबैले बिहान ७ देखि ८ बजे सम्म योग अभ्यास गर्न थालेका हुन् । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको संयोजनमा डा.प्रतिभा शर्मा (आयुवेर्दिक डाक्टर) योग गुरु सहितको टिमबाट योग अभ्यास भइरहेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे बताउँछिन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर गाउँ फर्किएकाहरु क्वारेन्टिनमा

गोरखाको भिमसेन थापा गाउँपालिका ८ मा एकै परिवारका तीनसहित चार जनालाई क्वारेन्टिनमा राखिएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर आईतबार साँझ गाउँ फर्किएका बिरामी र कुरुवालाई क्वारेन्टिनमा राखिएको वडा अध्यक्ष बासु थापाले बताए ।

बाँकेमा क्वारेन्टिन वृद्धि

नेपाल भारत सीमानाका जोडिएको प्रदेश नं।५ को व्यापारिक केन्द्र सीमानाकामा भारतबाट नेपाली फर्किने क्रम बढेपछि स्थानीय पालिकाले क्वारेन्टिन निर्माणमा वृद्धि गरेका छन्।

धनगढीमा रहेका प्रवासी नेपालीलाई पठाइयो

शुक्रबार र शनिबार राति धनगढी आइपुगेका प्रवासी नेपालीलाई सम्बन्धित जिल्लामा पठाइएको छ । धनगढीको कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका २ सय १६ जनालाई सम्बन्धित जिल्लामा पठाइएको हो ।

बाँकेको क्वारेन्टिनमा मृत्यु : पिसिआर रिपोर्टको प्रतिक्षा

बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा रहेका एक ब्यक्तिको मृत्युको एकिन कारण अझै खुल्न सकेको छैन । नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टिनमा विगत चार दिनदेखि बस्दै आएका २४ वर्षिय युवकको आइतबार बिहान ४ बजेतिर मृत्यु भएको थियो । राति एक्कासी वान्ता गरेका उनको केही घण्टापछि मृत्यु भएको स्थानीयको भनाई छ । ‘क्वारेन्टिनमा सुतिरहेको अवस्थामा उनलाई एक्कासी वान्ता भयो, एम्बुलेन्स ब्यवस्था गरेर अस्पताल लैजान नपाउँदै मृत्यु भयो,’ एक स्थानीयले भने ।

भारतबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्न आग्रह

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको बैठकले भारतबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्थाका लागि स्थानीय सरकारलाई आग्रह गरेको छ । भारतमा लकडाउन खुकुलो पारे लगत्तै र रेल–वे सञ्चालनमा आएसँगै हजारौं नागरिक गाउँ आउने सम्भावना बढेको भन्दै समन्वय समितिको बैठकले जिल्लाका १० वटै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गर्ने निर्णय गरेको हो ।

भारतबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्न आग्रह

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको बैठकले भारतबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि स्थानीय सरकारलाई आग्रह गरेको छ । भारतमा लकडाउन खुकुलो पारे लगत्तै र रेल–वे सञ्चालनमा आए सँगै हजारौं नागरिक गाउँ आउने सम्भावना बढेको भन्दै समन्वय समितिको बैठकले जिल्लाका १० वटै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गर्ने निर्णय गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्