२० आश्विन २०८१ आइतबार
image/svg+xml

बारी बाँझै छ

पसिनाका धाराले खेतका डल्ला भिजाउन नसकेपछि आँसु नझार्ने प्रण गरेर आएको थिएँ बालुवाखानीमा तर आएकै दिनदेखि चुसेको चुस्यै छ बालुवाले पसिना र आँसु ।

दाँते ओखरजस्तै कविता

कवि गोविन्द नेपालका विचारमा कविता लेख्नु, पढ्नु, सुन्नु वा सुनाउनु मात्र होइन, कवितै बाँच्नु अझ महत्वपूर्ण कुरा हो। जिन्दगीसँगै बाँच्दा कविता बहुआयामिक हुन्छ, अनि कविताले जीवन भेटाउँछ।

प्रेमिल दुर्गालाल

कविता अर्थात् कविको भाव। कविमा कविता प्रस्फुटित हुन्छ। यस अर्थमा कवि मूल हो। तर त्यो मूल प्रेमको स्पर्शबिना नफुट्ने रहेछ ! त्यसैले क्रम यही नै हो — प्रेम, कवि अनि कविता। यही कुरा कवि दुर्गालाल श्रेष्ठको जीवनमा पनि लागु हुन्छ।

तेपे मिजार [कविता]

तेपेमिजार बिहानै उठ्छन् मङ्गलीले तावामा सेकाएका दुई पाप्रा रोटी खाएर काममा लाग्छन - छिनो र मार्तलले ढुङ्गा काट्छन् र अर्काको घरको गारो हाल्छन् ।

कृष्णभूषणको लाटो सूर्य

कवितामय बनेको छ देश। पोखरामा नेपाल लिटरेचर फेस्टीभलको अन्तिम सेसनमा कविता वाचन भइरहँदा सबैका कविताप्रेमि उत्सुक थिए। आधुनिक नेपाली कविताको ‘ट्रण्ड’ कहाँ पुग्यो भन्ने देखियो त्यहाँ। फिल्ममा आइटम गीतको बोलवाला भए जस्तै कवितामा पनि आइटम कविताको प्रवेश भएकै हो त ? के तिनले सिंगो देशको प्रतिनिधित्व गरे त ? समयले नै दिनेछ जवाफ।

‘भानुभक्तको कविताये’ सार्वजनिक

आदिकवि भानुभक्त आचार्यले लेखेका नेपाली कविताहरूको हिन्दी अनुवाद संग्रह ‘भानुभक्तको कविताये’ सार्वजनिक भएको छ।

रमीका कवितामा कलाकारको अभिनय

कलाकारको अभिनयामार्फत कविता प्रस्तुत गर्ने मासिक श्रृंखला ‘काब्यांकुर’को पाँचौं संस्करणमा यसपटक कवि रमी श्रेष्ठ प्रस्तुत भइन्। राजधानीमा गत आइतबार उनले एक घन्टामा नौ कविता सुनाउँदा विभिन्न कलाकारले कविताको भावलाई नै अभिनयमा उतारे।

‘गोपी’को कविता प्रतियोगिता

आगामी माघ १८ गते रिलिज हुने फिल्म ‘गोपी’को प्रवद्र्धन गर्न फिल्म निर्माण कम्पनी आरोही इन्टरटेनमेन्ट कविता प्रतियोगिताको आह्वान गरेको छ। कम्पनीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सात जनाले जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि पाउनेछन्।

महाकुम्भमा वसन्तको कविता सार्वजनिक

कवि एवं गीतकार वसन्त चौधरीले भारतको उत्तरप्रदेशस्थित मेरठमा भएको ‘क्रान्तिधरा मेरठ साहित्य महाकुम्भ’ मा आफ्नो कविता संग्रहको विमोचनसँगै कविता पनि सुनाएका छन्।

सर्वनाममा कँडेल र वस्ती

राजधानीस्थित सर्वनाम थिएटरमा कवि कृष्ण कँडेलका कविता तथा गजलकार सनतकुमार वस्तीका गजल सुनिएका छन्। आइतबार सम्पन्न ‘हामी कवि र कविता’को नयाँ अंकमा कवि कँडेल र गजलकार वस्तीले आफ्ना रचना वाचन गरेका हुन्।

‘जेसुम यात्रा’मा कविता र क्यानभास

भक्तपुरको अनन्त लिंगेश्वरमा ‘जेसुम यात्रा’ शनिबार सम्पन्न भएको छ। कला, साहित्य र रंगमञ्चमार्फत सकारात्मक उत्प्रेरणा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तेस्रो संस्करणको कार्यक्रममा कवि, चित्रकार र रंगकर्मीले हाइकिङ गर्दै आफ्ना सिर्जना कोरेका थिए।

कविताका लागि चाहिने कच्चा पदार्थ र उपकरण

‘लेखेर मात्रै कविता हुँदैन,’ यो पङ्क्ति कवि मुकुन्दशरण उपाध्यायको यसै शीर्षकको स्फुट कविताबाट उद्धृत गरेको हुँ । कविता अभिव्यक्तिको सौन्दर्यमय भाषिक कला हो । संस्कृतका प्राचीन आचार्य भामहले भनेजस्तै शब्द र अर्थको समन्वय र ग्रिसेली प्राचीन ८ आचार्य अरिस्टोटलले भनेजस्तै प्रकृतिको अनुकृति पनि हो कविता । यसलाई ललितकलाकै एउटा प्रभेदका रूपमा लिइन्छ ।

पार्टी र देश

घाटामा एकोहोरो शंख बजेजस्तो भुकिरहेछन् निर्लज्ज मनहरू, चाँडो चाँडो पुगिरहेछन् मान्छेहरूको दैलोसम्म अगस्ति आँखा बोकेर एक हुल मान्छेहरू।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्