२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सार्वजनिक भयो सांसदहरूको भिडियो प्रोफाइल

६१ औँ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरियो।

संसदमा बिजनेस छैन

प्रतिनिधिसभाको बैठक बिजनेसविहीन हुने भएको छ। संसद् सचिवालयमा दर्ता भएका र समितिमा पुगेका कुनै पनि विधेयक अघि बढ्न नसक्ने भएपछि संसद् बिजनेसविहीन हुने भएको हो। समितिमा पुगेका विधेयकको संख्या ३१ छ तर कुनै पनि विधेयक समितिबाट पारित भएका छैनन्। शुक्रबार प्रतिनिधिसभाले बजेट पारित गरेपछि २२ गतेसम्मका लागि बैठक स्थगित भएको छ। प्रतिनिधिसभाको बैठकमा बिजनेस नहुने भएपछि बैठक पर सरेको संसद् सचिवालयका एक अधिकारीले बताए। प्रतिनिधिसभाले बजेट पारित गरेपछि अब विधेयकसम्बन्धी छलफल अघि बढाउने तयारी गरेको उनले बताए।

विमानस्थल निर्माणको लागि तत्काल रुख कटान अनुमति दिन निर्देशन

संसदीय समितिले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक रुख कटानका लागि तत्काल अनुमति दिन वन तथा वातवरण मन्त्रालयलाई निर्देशन दिएको छ।

संसद्मा ‘असंसदीय’ अभ्यास

‘संसद्मा यस्तै हर्कत भइरहने हो भने संविधानको भविष्यमा चुनौती खडा हुन्छ । जनप्रतिनिधिले गरेका क्रियाकलापको प्रतिविम्ब समाजमा पनि पर्न जान्छ । यसतर्फ ध्यानदिनु जरुरी छ ।’

जागिरमा आरक्षण विवादः सांसदका ‘कक्टेल’ तर्क

संघीय निजामती सेवाको पदपुर्तिका सम्बन्धमा संसदीय समितिका सदस्यहरुबीच दुई थरि धारणा आएका छन्।

‘मिडिया विधेयक आपत्तिजनक’

राष्ट्रिय मानवअधिकार आयोगले सरकारले संघीय संसद्मा पेस गरेको मिडिया काउन्सिल विधेयकप्रति आपत्ति जनाएको छ । मानव अधिकारको वर्तमान अवस्थाबारे आयोगले सोमबार पत्रकारसँग गरेको छलफलमा पत्रकारितालाई अंकुश लगाउने र संवैधानिक आयोगलाई महान्यायाधिवक्ताअन्तर्गत राख्ने कानुन बनाउने सरकारको नियतमा खोट रहेको आरोप लगाएको हो ।

९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?

कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाइएको छ।

संसदीय समितिले सेनालाई दियो यस्तो निर्देशन

संघीय संसदको विकास तथा प्रविधि समितिले सो आयोजनाको कामलाई सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तत्काल स्वीकृत गरेर नेपाली सेनालाई दिन सरकारलाई पनि सचेत गराएको छ।

प्रतिनिधि सभामा ६ वटा मन्त्रालयका बजेटबारे छलफल हुँदै[LIVE]

संघीय संसदको प्रतिनिधिसभा बैठक सुरु भएको छ। उक्त बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नमा मन्त्रीहरुले जवाफ दिन लागेका संसदकाृ सचिवालयले जनाएको छ। आजको बैठकमा विभिन्न छ मन्त्रालयका बजेटबारे छलफल हुने कार्यसूची छ ।

मन्त्रीको जबाफ ‘कर्मकाण्डी’

सांसद् मीन विश्वकर्माले भने संसद्मा उठेका प्रश्नको जबाफलाई बजेटमा आएको भन्दा केही पनि फरक नगरी वनमन्त्रीले बताएकाले यो छलफलको अर्थ नभएको बताए।

सांसदको प्रश्नः १० बर्षे जनयुद्ध गर्नेहरुले रेशम चौधरीलाई फलामे सिक्रीले बाध्ने?

सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले रेशम चौधरीलाई नेल लगाएर उपचार गराइएको, सरकारको काम कारवाही असफल बन्दै गएको र खेतीपातीको समयमा रासायनिक मल अभाव भएको भन्दै सहज मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

संसदमा सत्ता र प्रतिपक्षीबीच जुहारीः ‘झुटप्रसाद’ ओली भर्सेस ‘छेरबहादुर’ देउवा

प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्ता र प्रतिपक्षी सांसदबीच जुहारी भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले केपी शर्मा ओलीको सरकारले काम नगरेर झुटा आश्वासन बाँडेकाले प्रधानमन्त्रीलाई ‘कर प्रसाद, झुट प्रसाद ओली’को उपनाम दिए।

सूचना प्रविधि विधेयक पारित गर्न मन्त्री बाँस्कोटाको दबाब

मन्त्री बास्कोटाले भने यो विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न पनि समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गरे।

प्रतिनिधि सभा बैठक [LIVE]

प्रतिनिधि सभाको बैठक बसिरहेको छ। नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकको कार्यसूची सार्वजनिक भइसकेको छ । कार्यसूचीअनुसार विभिन्न सांसदहरूले प्रश्न साेधिरहेका छन्।

लोक सेवाको विज्ञापनमा त्रुटि छैन, छलफल गर्न तयार छु : लालबाबु पण्डित (अन्तर्वार्ता)

लोक सेवा आयोगको विज्ञापन संघीयताको भावना विपरित भएको भन्दै विरोध भइरहेको छ। संसदको राज्य व्यवस्था समितिले लोक सेवाको विज्ञापनलाई रोक्न समेत भनिसकेको छ। तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भने आयोगले निकालेको विज्ञापन संवैधानिक भएको बताउँछन्। यही विषयमा केन्द्रित रहेर नागरिक फ्रन्टलाईनमा मन्त्री पण्डितसँग गरिएको कुराकानीको सम्पादित अंश।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्