२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मुठभेडतर्फ मुलुक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखी विधेयक पारित गरिएको हो। यसबाट प्रमुख प्रतिपक्ष दल कांग्रेस र सत्तापक्षको दूरी बढेको छ।

संसदमा फेरि कांग्रेसको अवरोध, सभामुखको अगाडि नाराबाजी

प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध गरेको छ। आफ्ना नेताको नाम रहेको अस्पताललाई संघ मातहत ल्याउन र डा गोविन्द केसीसँग भएको सहमति अनुसार राष्ट्रिय चिकित्सा विधेयक अघि बढाउन माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो। बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले सम्बोधन गरेपछि विपक्षी सांसद उठेर सभामुख कृष्णबहादुर महराको अगाडि गई नाराबाजी गरिरहेका छन्।

संसद बैठक बस्दै, अप्रिय घटना हुन नदिन बढाइयो मर्यादापालकको संख्या

संघीय संसदको प्रतिनिधिसभा बैठक दिउँसाे १ बजे बस्न लागेको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच मुठभेडको माहोल बनिरहेको अवस्थामा प्रतिनिधिसभाले विवादकै बीच यसलाई पारित गर्ने तीब्र तयारी गरेको छ ।

सभामुख तटस्थ र सरकार जिम्मेवार भएन भने भोलि संसदमा मुठभेड हुनसक्छ : गगन थापा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेड पनि हुनसक्ने चेतावनी दिएका छन्। बिहीबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको गुनासो पोखे। उनले चिकित्सा शिक्षा विधेयक अरु विधेयकभन्दा फरक भएको उल्लेख गरे।

कांग्रेसको चेतावनी– संसदमा सरकार जबरजस्ती अघि बढे हामी गीता सुनेर बस्दैनौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार संसदमा जबरजस्ती अघि बढ्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएको छ। सरकारले शुक्रवारको संसद बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेरै छाड्ने तयारी गरेका बेला विहीवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सरकार लचिलो बन्नुपर्नेमा जोड दिएको छ।

शान्ता चौधरी : सौता ल्याएपनि घरखर्च लुकाएर अरूको हातमा दिन्छु ।

शान्तालाई एउटा कुराले जहिले चित्त दुखाँउछ । उनि भन्छिन् “जव दुःख थियो श्रीमान जहिले साथमा रहे । सुखका दिन फिरे जस्तो लागेको थियो । श्रीमानले नै साथ छोडिदिए” ।

‘मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट चिकित्सा विधेयक पारित गर्छाैं’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत हुने जनाए। उनले भने, ‘माघ ११ गते बस्ने बैठकमा विधेयक पारित गर्छौं। मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भने पनि मन्त्री बसेकै ठाउँबाट पनि पारित हुन्छ।’

संसदमा घम्साघम्सी (फोटो फिचर)

चिकित्सा शिक्षा विधेयक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताललाई वेवास्ता गरेको विषयमा प्रतिनिधिसभाको मंगलवारको बैठकमा घम्साघम्सी भएको छ। कांग्रेसले आफ्ना नेताको नाम रहेको अस्पताललाई संघीय सरकारमातहत नल्याएसम्म सदन चल्न नदिने अडान राख्दै अवरोध कायम राखेको छ भने अर्काेतिर सभामुख कृष्णबहादुर महरा पेलेरै चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने प्रयासमा छन्। जसका कारण संसदमा घम्साघम्सीको अवस्था सिर्जना भएको हो।

चिकित्सा विधेयक जबरजस्ती अघि बढाउन खोजेपछि संसदमा तनाव

चिकित्सा शिक्षा विधेयक जबरजस्ती अघि बढाउन खोजेपछि प्रतिनिधिसभाको बैठकमा तनावको सिर्जना भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच आज दोस्रोपटक बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले शिक्षा तथा विज्ञान मन्त्री गिरिराजमणी पोखरेललाई शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छलफलका लागि प्रस्तुत गर्न अनुमति दिएका थिए।

संसदमा कांग्रेसको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधले प्रनितिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आफ्ना नेताको नाममा खोलिएको अस्पताललाई वर्तमान सरकारले वेवास्ता गरेको भन्दै कांग्रेसले आजको बैठकमा पनि अवरोध ग-यो। दिउँसो ३ बजे बसेको बैठकमा कांग्रेस नेता प्रकाशमान सिंह बोलेका थिए। उनले अस्पतालको नाम हटाएकोमा आपत्ति जनाउँदै यसबारे सरकारले सच्याएर स्पष्ट जानकारी नदिएसम्म अवरोध कायमै रहने घोषणा गरे। त्यसलगत्तै कांग्रेस सांसद उठेर सभामुखको रोष्टम घेराउ गरेका थिए।

प्रतिपक्षीको माग सम्बोधन गर्न सभामुखबाट ध्यानाकर्षण, संसद स्थगित

सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको साेमवारको दोस्रो बैठक शुरु हुनेबित्तिकै काङ्ग्रेसका सांसदले पुनः बैठक अवरुद्ध गरेपछि सभामुख महराले प्रतिपक्षीको मागमा आफू पनि सकारात्मक रहेको बताउँदै बैठक अवरुद्ध नगर्न पटक पटक आग्रह गरेपनि काङ्ग्रेसले आशनबाट उठेर विरोध जनायो। सोलगत्तै सभामुखले बैठक मङ्गलबार अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको जानकारी दिए।

कांग्रेसको विरोध पछि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध पछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। कांग्रेस संसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटको लागि संसद बैठक स्थगित गरे।

पारमाणविक भट्टी स्थापना विधेयकमा फरक मत

विश्वभर पारमाणविक भट्टी स्थापनालाई निरुत्साहित गर्ने अभियान चलिरहेका बेला नेपाल भने भट्टी स्थापनाको इजाजत दिने बाटोमा अघि बढेको छ। सरकारले संघीय संसद्मा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग गर्ने सम्बन्धी बनेको विधेयक–२०७५’ दर्ता गराएसँगै पारमाणविक भट्टी स्थापनाका लागि कानुनी बाटो खुला हुन लागेको हो।

‘जिम्मेवारीबाट पन्छिए प्रधानमन्त्री’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौता कार्यान्वयन गर्ने जिम्मा सरकारको नभएर संसद्को भएको बताएका छन्।

डा. केसीको अनसनबारे प्रधानमन्त्रीको जवाफ : म संसदलाई आदेश दिन सक्दिन

संसद बैठकमा शुक्रबार कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीलाई डा. गोविन्द केसीको अनशनमा केन्द्रीत भएर प्रश्न गरे। 'विषय विधेकको होइन, संसदीय प्रक्रियाको होइन प्रधानमन्त्रीको बचनको हो। प्रधानमन्त्री व्यक्ति होइन संस्था हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्