११ मंसिर २०८१ मंगलबार
image/svg+xml

खेलाडीलाई नगद पुरस्कार प्रदान

गत वर्ष विभिन्न खेलमा अन्तर्राष्ट्रिय सफलता पाएका खेलाडीले पूर्वघोषित नगद पुरस्कार बिहीबार पाएका छन्। सन् २०१६ मा भएको १२औं सागअन्तर्गत फुटबलमा स्वर्ण दिलाएका नेपाली राष्ट्रिय पुरुष टोलीका सदस्यसहित विभिन्न समयमा अन्तर्राष्ट्रिय सफलता पाएका खेलाडीलाई सरकारले सम्मान गरेको हो।

करातेमा नेपाललाई २७ पदक

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा नेपाली खेलाडीले २७ पदक प्राप्त गरेका छन्। नेपाली टोली २० स्वर्ण, ६ रजत, १ कांस्य ल्याएर प्रतियोगिताको समूहविजेता बनेको हो।

७ कीर्तिमानसहित गौरिकाले गरिन् स्वर्णको वर्षा

त्रिभुवन आर्मीकी गौरिका सिंहले सम्पन्न आठौं राष्ट्रिय खेलकुदको पौडीमा कुल ७ कीर्तिमानसहित १२ स्वर्ण जितेकी छन्।

आर्मीलाई ४ र गण्डकीलाई २ स्वर्ण

प्याराग्लाइडिङमा विभागीय टोली नेपाली सेनाले स्वर्ण पदकमा वर्चस्व कायम राखेको छ। ६ स्वर्णमध्ये आर्मीले ४ र गण्डकी प्रदेशले २ स्वर्ण पाएका छन्। आर्मीले पुरुषतर्फ ३ र महिलातर्फ एक स्वर्ण पायो। गण्डकी प्रदेशले महिला र पुरुषमा एक÷एक स्वर्ण हात पारेको छ।

जुडोमा मनितालाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडोको पहिलो दिन नेपाल पुलिसकी मनिता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् । महिला ५७ केजीमुनि फाइनलमा मनिताले प्रदेश–३ की कविता नेपालीलाई पराजित गरिन् ।

कुस्तीमा प्रदेशकै दबदबा

आठौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत कुस्तीमा प्रदेशको दबदबा कायमै रहँदा स्वर्ण पदकमा प्रदेश–२ र सुदूरपश्चिम प्रदेशले वर्चस्व कायम गरेका छन्। पुरुषततर्फ प्रदेश–२ ले कुल ६ स्वर्ण र ३ रजत जित्दा महिलामा सुदूरले पनि ६ स्वर्ण, ३ रजत र एक कांस्य पदक आफ्नो बनाउन सफल भयो। सुदूरले पुरुषतर्पm पनि २ रजत र चार कांस्य पदक प्राप्त गरेको छ।

आर्मी र एपिएफलाई एक–एक स्वर्ण

बुटवलमा जारी आठौं राष्ट्रिय प्रतियोगिताअन्तर्गतको लन टेनिसमा दुई स्वर्ण पदको टुङ्गो लागेको छ। देविनगरस्थित लनटेनिस कोर्टमा बिहीबार भएका टिम इभेन्टतर्फ त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १/१ स्वर्ण हात पारेका छन्। टिम इभेन्टततर्फ महिलामा आर्मी र पुरुषमा एपिएफले स्वर्ण जितेका हुन्।

पाँच हजार २ सय ११ खेलाडी सहभागी हुने

वि.सं. २०३८ सालदेखिको इतिहास बोकेको नेपाली खेलकुदको महाकुम्भ राष्ट्रिय खेलकुदको आठौं संस्करणमा पाँच हजार २ सय ११ खेलाडीले ३ सय ७२ स्वर्ण पदकका लागि चुनौती प्रस्तुत गर्ने भएका छन्।

अजितलाई मासिक ६० हजार

एसियाली स्तरमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएका एथ्लेटिक्स खेलाडी अजित यादवले मासिक ६० हजार नगद हात पार्ने भएका छन्।

दुई सय नेपाली विद्यार्थीलाई भारतले दियो स्वर्ण जयन्ती छात्रवृत्ति

दुई सय नेपाली विद्यार्थीलाई भारतले स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ। राजधानीको लैनचौरस्थित भारतीय दूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजमा स्नातक तहको अध्ययनलाई अघि बढाउन दुई सय जेहेन्दार विद्यार्थीलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको हो।

तेक्वान्दोमा नेपालकी मेलिसालाई स्वर्ण

नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेकी छन्। मेलिसाले महिला एक पुम्सेमा स्वर्ण जितेको मेलिसाका प्रशिक्षक मनोज खड्गीले जनाएका छन्।

शारीरिक सुगठनमा स्वर्ण जितेका च्याम्पियन महर्जनलाई खेल सम्मान

गत पुसमा थाइल्याण्डमा आयोजित १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली खेलाडी महेश्वर महर्जनलाई काव्य स्कुल नयाँबानेश्वरले नगदसहित काव्य खेल सम्मान—२०७५ प्रदान गरेको छ।

जीवनको ‘आगोको वर्णमाला’

कवि जीवन खत्रीको कविता संग्रह ‘आगोको वर्णमाला’  सार्वजनिक भएको छ । राजधानीको सर्वनाम थिएटरमा शनिवार आयोजित कार्यक्रममा कवि तुलसी दिवस, मोमिला, विमल आचार्य, दीपक सापकोटा र जीवनका बुबा र आमाले संयुक्त रुपमा संग्रह विमोचन गरे ।

स्वर्ण पदकमा नेपालको वर्चश्व

तीन देश सम्मिलित बिहीबार सम्पन्न इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण पदकमा वर्चस्व कायम गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्