४ श्रावण २०८३ सोमबार
image/svg+xml
खेल

विश्वकप फुटबल : पहिलो हाफमै स्वीडेनलाई ट्युनिसियामाथि २-० को अग्रता

तस्बिर : फिफा

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा स्वीडेन र ट्युनिसिया प्रतिस्पर्धा गरिरहेका छन्। 

मेक्सिकोको एस्टाडियो मोन्टेरी (स्टिल जायन्ट) मैदानमा अत्यधिक गर्मीमा भइरहेको खेलमा स्वीडेनले आक्रामक सुरुवात गरेको छ। खेलको पहिलो हाफ जारी रहँदा उसले २-० को अग्रता बनाएको छ।

खेलको सातौं मिनेटमै २२ वर्षीय ब्राइटन मिडफिल्डर यासिन अयारीले उत्कृष्ट गोल गर्दै स्वीडेनलाई सुरुवाती अग्रता दिलाए। यो गोल सन् १९९४ मा मार्टिन डाहलिनको गोलपछि विश्वकपमा स्वीडेनको सबैभन्दा पहिलो गोल हो। अनि खेलको ३०औँ मिनेटमा अलेक्ज्याण्डर इसाकले थप गोल गरेका छन्। यसरी स्वीडेनले आफ्नो अग्रता दोब्बर बनाएको हो।

दुई गोलले पछि परेको ट्युनिसिया जवाफी गोल फर्काउन संघर्ष गरिरहेको छ।

प्रकाशित: १ असार २०८३ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App