२२ मंसिर २०८२ सोमबार
image/svg+xml
खेल

विश्वकप छनोट: सामोआलाई हराउँदै ओमानको विजयी सुरुवात

आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत आज भएको उद्घाटन  खेलमा ओमाननले सामोआलाई पराजित गरेको छ।  

बुधबार ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा सामोआलाई ५ विकेटले पराजित गर्दै ओमानले विजयी सुरुवात गर्‍यो ।  

सामोआले दिएको ९३ रनको लक्ष्य पछाएको ओमानले १७ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

ओमनाको लागि हम्मद मिराजले १८  रन बनाए। त्यस्तै, ओमानका कप्तान आमिर कलिम २ रन बनाएर आउट भए।  

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सामोआले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रनमा समेटियो। सामोआको लागि रोस टेलरले सर्वाधिक २२ रन बनाए।  

ओमानको लागि मोहम्मद नदिम र कप्तान अमिर कलिमले सर्वाधिक २- २ विकेट लिए।

प्रकाशित: २२ आश्विन २०८२ १५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App