आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत आज भएको उद्घाटन खेलमा ओमाननले सामोआलाई पराजित गरेको छ।
बुधबार ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा सामोआलाई ५ विकेटले पराजित गर्दै ओमानले विजयी सुरुवात गर्यो ।
सामोआले दिएको ९३ रनको लक्ष्य पछाएको ओमानले १७ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
ओमनाको लागि हम्मद मिराजले १८ रन बनाए। त्यस्तै, ओमानका कप्तान आमिर कलिम २ रन बनाएर आउट भए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सामोआले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रनमा समेटियो। सामोआको लागि रोस टेलरले सर्वाधिक २२ रन बनाए।
ओमानको लागि मोहम्मद नदिम र कप्तान अमिर कलिमले सर्वाधिक २- २ विकेट लिए।
प्रकाशित: २२ आश्विन २०८२ १५:४७ बुधबार





