आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपालले मंगलबार ओमानको सामना गर्दैछ।
टियु क्रिकेट मैदानमा हुन लागेको खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछ।
जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने यसअघिको ओमानविरुद्धको खेलमा हार बेहोरेको थियो। ओमानले भने युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो ।
यसअघि वर्षाको कारण खेल सुचारु हुन नसक्दा नेपाल ओमानसँग डिएलएस मेथडबाट १०२ रनले पराजित भएको थियो।
मंगलबार ओमानसँग दोस्रो पटक आमनेसामने हुँदा नेपाल शृंखलामा तेस्रो जित निकाल्ने लक्ष्यको साथ मैदानमा उत्रनेछ। घरेलु मैदानको फाइदा उठाउँदै नेपाल उत्कृष्ट प्रदशनसहित सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ।
यसैबिच, क्यानले आजको खेलको टिकटको मूल्य घटाएको छ। स्टेडियममा दर्शकको संख्या न्यून भएपछि क्यानले टिकटको मूल्य ४०० बाट घटाएर २०० बनाएको हो।
प्रकाशित: २२ वैशाख २०८३ ०७:३९ मंगलबार





