आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार यूएई र ओमान प्रतिस्पर्धा गरिरहेका छन्।
त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि यूएईले सुरुमा ब्याटिङ गरिरहेको छ।
अहिले यूएईले १० ओभरमा विकेट नगुमाइकन ५१ रन बनाएको छ।
एक दिवसीय विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो।
अब तेस्रो खेलमा नेपाल र ओमान वैशाख १६ गते बुधबार प्रतिस्पर्धा गर्दैछन्। विश्वकप लिग–२ मा नेपालले २१ खेलमा ६ खेल मात्रै जितेको छ। १४ अङ्क पाएको नेपाल तालिकामा पुछारबाट दोस्रो स्थानमा छ।
यस्तै, २१ खेल खेल्दा १० अंक पाएको यूएई अन्तिममा रहदा २४ खेल खेलेको ओमान २९ अंकसहित तेस्रो स्थानमा छ।
प्रकाशित: १४ वैशाख २०८३ १०:२४ सोमबार





