१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

विश्वकप लिग-२ : नेपालले बुधबार ओमानसँग खेल्ने

आईसीसी विश्वकप लिग-२ मा नेपालले बुधबार ओमानसँग खेल्ने भएको छ। 

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुनेछ। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबीच हालसम्म ८ पटक प्रतिस्पर्धा हुँदा ओमान हाबी देखिएको छ। आठ खेलमध्ये ओमानले पाँच जित हात पारेको छ भने नेपाल तीन खेलमा विजयी भएको छ। यस आधारमा ओमान तुलनात्मक रूपमा बलियो देखिएको छ।

जारी लिग-२ मा घरेलु मैदानका खेलहरूमा नेपालका लागि जित अपरिहार्य बनेको छ। आठ टोली सहभागी प्रतियोगितामा नेपाल तालिकाको सातौँ स्थानमा छ। शनिबार यूएईलाई पराजित गरेपछि १४ अंकसहित नेपाल सातौँ स्थानमै कायम छ। ओमान भने तालिकाको तेस्रो स्थानमा छ। उसले २५ खेलमध्ये १३ खेलमा जित निकाल्दै २९ अंक बटुलेको छ।

बुधबारको खेलमा नेपाल ओमानलाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

प्रकाशित: १५ वैशाख २०८३ १६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App