१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

विश्वकप लिग-२ : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गत दीपेन्द्र सिंह ऐरीको शतकप्रेरित प्रदर्शनमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोज्यो। निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै नेपालले २८९ रन बनायो। नेपालका दीपेन्द्रले सर्वाधिक १०० रन बनाए। ९४ बलको सामना गरेका उनले १३ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै, नेपालका ओपनर बिनोद भण्डारी ५६ रनमा पेभिलियन फर्किए। उक्त इनिङ्समा उनले ७ चौका प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा राष्ट्रिय टोलीबाट डेब्यू गरेका अर्जुन कुमाल ११ रनमा आउट भए भने कप्तान रोहितकुमार पौडेल ३९ रनमा मैदानबाट बाहिरिए।

यूएईका लागि अजय कुमारले २ विकेट लिए।

प्रकाशित: १८ वैशाख २०८३ १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App