आइसिसी विश्वकप लिग- २ मा स्कटल्यान्डविरुद्ध नेपालले आफ्ना ओपनरलाई गुमाएको छ।
ओपन आशिफ शेख रन आउट भए भने कुशल भुर्तेल एलबीडब्लु धरापमा परे। ओलिभर डेभिडसनको ओभरमा आशिफ २९ रनमा रनआउट भएका हुन्। ब्रेन्डोन म्यामकुलमले भुर्तेललाई २८ रनमा आउट गराए। दुवैले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात गराएका हुन्।
क्रिजमा अहिले कप्तान रोहित पौडेल र इशान पाण्डे छन्। नवौं ओभरको खेल जारी रहँदा नेपालले २ विकेट गुमाएर ६१ रन बनाएको छ।
नेपालले स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याइरहेको छ ।
यो पनि पढ्नुहोस्
लिग–२ः स्टकल्यान्डले नेपालाई दियो १९५ रनको लक्ष्यप्रकाशित: ४ जेष्ठ २०८३ १३:१७ सोमबार





