जारी आईसीसी विश्वकप लिग–२ मा युएईविरुद्ध नेपालले सय रन पूरा गरेको छ।
शुक्रबार त्रिवि क्रीकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले २३ ओभरमा ३ विकेट गुमाउदै सय रन पुरा गरेको हो।
नेपालबाट अहिले क्रीजमा ओपपनर बिनोद भण्डारी ३७ रन र दिपेन्द्र सिंह ऐरी ५ रन बनाएर खेलिरहेका छन्।
यसअघि, नेपाली राष्ट्रिय टोलिमा डेब्यू गरेका अर्जुन कुमाल ११ रनमा आउट भए। २२ बलको सामना गरेका उनले दुई चौका समेत प्रहार गरे।
यस्तै, नेपालका भिम सार्कि डगआउट भए। उनले २ बल फेस गरेका थिए। कप्तान रोहित पौडेल ३९ रनमा ३ चौका प्रहार गर्दै पेभिलियन फर्किए।
प्रकाशित: १८ वैशाख २०८३ ११:३७ शुक्रबार





