२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
खेल

विश्वकप लिग–२ : स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मेलित आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको पहिलो खेलमा आज घरेलु टोलीले स्कटल्याण्डको सामाना गर्दैछ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डका कप्तान रिचि बेरिङटनले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्। यससँगै नेपालले फिल्डिङ गर्ने भएको छ।

लिगमा स्कटल्याण्ड तालिकाको दोस्रो स्थानमा छ भने नेपाल सातौँ स्थानमा छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट(ओडिआई)मा नेपाल र स्कटल्याण्डबीच हालसम्म १० पटक प्रतिस्पर्धा भएकोमा नेपालले ५ खेल जित्दा स्कटल्याण्ड ४ खेलमा विजयी भएको छ। एक खेल भने नतिजाविहीन रह्यो।

जारी लिगमा स्कटल्याण्ड सुरक्षित स्थानमा छ भने नेपाललाई अब हुने सबै खेल जित्नुपर्ने दबाब छ। घरेलु मैदानको फाइदा उठाउँदै नेपालले स्कटल्याण्डलाई हराउने लक्ष्य लिएर मैदान उत्रिनेछ।

नेपालको प्लेइङ ११ः

विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी

प्रकाशित: २९ वैशाख २०८३ ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App