२ कार्तिक २०८३ सोमबार
image/svg+xml
खेल

विश्वकप लिग–२ : क्यानडाविरुद्ध बलिङ गर्दै नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ।

ओमान क्रिकेट एकेडेमी टर्फ १ मा भएको टस जितेर क्यानडाका कप्तान हमजा तारिकले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। यससँगै नेपालले पहिले बलिङ गर्ने भएको छ।

नेपालले आजको टोलीमा एक परिवर्तन गरेको छ। यस खेलमा सन्दीप जोराको स्थानमा गुल्शन झालाई मौका दिइएको छ।

जारी सिरीजमा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई हराएको थियो। उता, क्यानडाले भने यसअघिका दुई खेलमा हार बेहोरेको थियो भने एक खेल जितेको थियो।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव र ललित राजवंशी।

प्रकाशित: ३१ आश्विन २०८३ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App