१७ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

विश्वकप फुटबलः शुक्रबार बिहान तीन समूहका ६ खेल हुने

विश्वकप फुटबलमा समूह चरणका अन्तिम खेलहरु जारी रहँदा बिहीबार राति तीन समूहका ६ खेल हुँदैछन्।  

समूह 'ई'का खेलमा राति १ः४५ बजे जर्मनीले इक्वेडरसँग प्रतिस्पर्धा गर्दा आईभोरी कोस्ट र कुराकाओ आमने सामने हुनेछन्। यसअघि नै अन्तिम ३२ मा स्थान बनाइसकेको जर्मनी इक्वेडरमाथि जित निकाल्दै अपराजित यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ। जर्मनीको हारले भने इक्वेडरलाई नकआउट चरणमा पुर्याउने सम्भावना बलियो हुनेछ। आइभोरी कोस्टको जितले भने इक्वेडर र कुराकाओको अघिल्लो चरण प्रवेशको सम्भावना समाप्त हुनेछ।  

समूह 'एफ'को खेलमा शुक्रबार बिहान ४ः४५ बजे एसियाली पावर हाउस जापान र स्विडेन तथा नेदरल्यान्ड्स र ट्युनिसियाबीच खेल हुनेछ। समूह विजेताको होडमा रहेका डच टोली, जापान र स्विडेन आआफ्नो खेलमा जित निकाल्ने योजनामा हुनेछन्। नेदरल्याड्स र जापानको समान चार अंक छ भने स्विडेनको ३ अंक छ । अंकविहीन ट्युनिसिया भने लिग चरणबाटै बाहिरिसकेको छ।  

समूह 'डी'को खेलमा शुक्रबार बिहान ७ः४५ बजे आयोजक अमेरिका र टर्की तथा अस्ट्रेलिया र पाराग्वेबीच खेल हुनेछ। यसअघिका दुवै खेलमा विजयी अमेरिका अंकविहीन टर्कीमाथि जित निकाल्दै शतप्रतिशत नतिजासहित नकआउट चरणको टिकट काट्ने योजनामा हुँदा टर्की पनि पहिलो अंकको खोजीमा हुनेछ। अस्ट्रेलिया र पाराग्वेबीचको खेल बराबरी नभए समूह डीबाट उत्कृष्ट तेस्रो हुँदै अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न टर्की अमेरिकालाई पराजित गर्ने दाउमा हुनेछ। 

पाराग्वेसँगको खेल बराबरीमा सकिए गोल अन्तरका आधारमा अस्ट्रेलिया अघिल्लो चरणमा पुग्नेछ भने पाराग्वेले उत्कृष्ट तेस्रोमा पर्न कुनु पर्नेछ । अस्ट्रेलिया र पाराग्वेबीचको खेलमा विजयी हुने टिमले भने अमेरिकासँगै सिधैं अन्तिम ३२ मा स्थान बनाउनेछ।  

४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको जारी विश्वकपका समूह विजेता र उपविजेता सिधैं नकआउट चरणमा प्रवेश गर्नेछन् भने बाँकी ८ टिम उत्कृष्ट तेस्रोबाट छनोट हुनेछ। 

प्रकाशित: ११ असार २०८३ १७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App