बुधवारदेखि हुने पुसे मेला जिल्ला क्लब तथा आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
पुसे मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङवाङका अनुसार सहभागी ५ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह‘क’मा भोजपुर भलिबल संघ, कोशी प्रदेश प्रहरी टिम र सभापोखरी भलिबल क्लव रहेका छन् । समूह ‘ख’मा मुकेश मेमोरियल क्लव ताप्लेजुङ र दमक झापाको टिम रहेका छन् ।
पुस २ गतेको उद्घाटन खेलमा भोजपुविरुद्ध कोशी प्रदेश प्रहरीको टिम भिड्नेछन् । उक्त दिन हुने दोस्रो खेलमा मुकेश मेमोरियल क्लव ताप्लेजुङ बिरुद्ध दमक झापाको टिम भिड्ने छ ।
पुस ३ गते हुने तेस्रो खेलमा कोशी प्रदेश प्रहरीको टिम बिरुद्ध सभापोखरी भलिबल क्लव भिड्दा चौथो खेलमा भोजपुर बिरुद्ध सभापोखरी भिड्ने छ ।
पहिलो सेमीफाइनलमा समूह ‘क’को विजेता र समूह ‘ख’को उपविजेता भिड्दा दोस्रो सेमिफाइनलमा समूह‘ख’को विजेता र समूह ‘क’को उपविजेता आमने सामने हुनेछन् ।
फाइनल खेल पुस ५ गते हुनेछ।

प्रकाशित: १ पुस २०८२ १९:१६ मंगलबार





