४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

विराटको शानदार शतकमा भारतको रोमाञ्चक जित, दक्षिण अफ्रिका १७ रनले पराजित

विराट कोहलीको कीर्तिमानी शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतमा भारतले दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसीय खेलमा १७ रनको रोमाञ्चक जित हासिल गरेको छ।

यो जितसँगै भारतले सिरिजमा १–० को अग्रता बनाएको छ।

आइतबार राँचीमा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको ३५० रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४९.२ ओभरमा ३३२ रनमा अलआउट भयो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४९ रनको बलियो योगफल तयार पारेको थियो।

भारतका लागि विराट कोहलीले उत्कृष्ट ब्याटिङ गरे। उनले १२० बलको सामना गर्दै ११ चौका र ७ छक्काको मद्दतमा १३५ रनको शतकीय इनिङ्स खेले।

May be an image of text

कप्तान रोहित शर्माले ५१ बलमा ५७ रन र केएल राहुलले ५६ बलमा ६० रन जोड्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए। रविन्द्र जडेजाले २० बलमा ३२ रनको आक्रामक योगदान दिए।

दक्षिण अफ्रिकाका बलरहरू मार्को जानसेन, नान्द्रे बर्गर, कोर्बिन बोस्क र ओटनिल बार्टम्यानले समान २–२ विकेट लिए।

३५० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको सुरुवात निकै खराब रह्यो। सुरुवाती ४.४ ओभरभित्रै ११ रन जोड्दा टोलीले आफ्ना प्रमुख तीन ब्याटर गुमाइसकेको थियो।

तर, मध्यक्रममा म्याथ्यु ब्रिट्जके र तल्लो क्रममा मार्को जानसेन तथा कोर्बिन बोस्कले विष्फोटक ब्याटिङ गर्दै खेललाई अन्तिमसम्म रोमाञ्चक बनाए। ब्रिट्जकेले ७२ रन बनाए।

मार्को जानसेनले ३९ बलमा ८ चौका र ३ छक्कासहित ७० रन र कोर्बिन बोस्कले ५१ बलमा ६७ रन बनाउँदै भारतलाई दबाबमा राखेका थिए। तर, ४९.२ ओभरमा बोस्क आउट भएपछि दक्षिण अफ्रिका लक्ष्यभन्दा १७ रनले टाढा रह्यो।

May be an image of text

भारतलाई जिताउन स्पिनर कुलदीप यादवले महत्वपूर्ण भूमिका खेले। उनले १० ओभरमा ६८ रन खर्चेर ४ विकेट लिए।

त्यस्तै, हर्षित रानाले ३, अर्शदीप सिंहले २ र प्रसिद्ध कृष्णले १ विकेट हात पारे।

प्रकाशित: १४ मंसिर २०८२ २२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App