सुदूरपश्चिम रोयल्सका अनुभवी ओपनर ब्याटर विनोद भण्डारी अर्धशतक बनाउन चुकेका छन्। अर्का ओपनर ब्याटर जोस ब्राउनसँग १०८ रनको साझेदारी गरेर त्यसपछि पनि क्रिजमा टिकेर खेलिरहेका विनोद व्यक्तिगत ४३ रन जोडेर आउन हुन पुगेका हुन्।
विनोदको विकेट पोखरा एभेन्जर्सका युवा बलर आकाश चन्दले लिएका छन्। १७ ओभर बलिङमा आएका आकाशका पहिलो दुई बलमा विनोदले ६ रन जोडेका थिए। तेस्रो बलमा उनी आकाशलाई विकेट दिन पुगे।
यो सँगै सुदूरपश्चिमको चौथो विकेट गएको छ। तर सुदूरपश्चिमले १७१ रन जोडेर बलियो अवस्थामा छ।
प्रकाशित: ५ मंसिर २०८२ १७:३४ शुक्रबार





