२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
खेल

लिग नहुने भएपछि विक्रमको आक्रोश, मन्त्रीलाई प्रश्न: एन्फाले खेलायो कि आफैँ खेल्नुभयो?

नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले यो वर्ष ए डिभिजन लिग नहुने भएपछि प्रश्न उठाएका छन्। 

उनले अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग नगर्ने भनेपछि आपत्ति जनाएका हुन्। सामाजिक सञ्जालमार्फत युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई एन्फाले खेलायो कि तपाई आफै खेल्नुभयो भने प्रश्न गरेका छन्। 

उनले लेखेका छन् ‘माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताज्यू, हामी खेलाडीहरूले राखेका मागमध्ये ए डिभिजन लिग तत्काल सञ्चालन गर्ने विषय लागू भयो कि भएन? मन्त्रीज्यू, एन्फासँगको संघर्ष त हामी आफै लडिरहेका छौं, तर तपाईलाई एन्फाले खेलायो कि तपाई आफैँ खेल्नुभयो? यदि अझै पनि ए डिभिजन लिग यो वर्ष हुने माग पूरा भएको छैन भने-तपाईंले भन्नुभएको अनुसार, के तपाई पनि हामीसँगै सडकमा खेल्न तयार हुनुहुन्छ?’

प्रकाशित: १८ कार्तिक २०८२ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App