फिफा विश्वकप २०२६ को समूह 'डी' को आफ्नो पहिलो खेलमा संयुक्त राज्य अमेरिकाले पहिलो हाफमै पाराग्वे विरुद्ध ३-० को अग्रता बनाएको छ।
लस एन्जलस स्टेडियम (सोफाइ स्टेडियम) मा भइरहेको खेलको सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको अमेरिकी टोलीले पाराग्वेको डिफेन्सलाई पूर्ण रूपमा ध्वस्त पारेको छ।
खेलको छैटौं मिनेटमा पाराग्वेका डामियान बोबाडिलाको आत्मघाती गोलबाट खाता खोलेको अमेरिकाका लागि स्ट्राइकर फोलारिन बालोगुन नायक बनेका छन्। बालोगुनले खेलको ३१ औं मिनेटमा कप्तान क्रिस्टियन पुलिसिकको पासमा टिमका लागि दोस्रो गोल गरे।
त्यसपछि, पहिलो हाफको इन्जुरी समय (४५+५ मिनेट) मा पाराग्वेका दुई डिफेन्डरलाई छलाउँदै बालोगुनले उत्कृष्ट प्रहार मार्फत व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल थपे।
प्रकाशित: ३० जेष्ठ २०८३ ०७:४७ शनिबार





