आइसिसि विश्वकप लिग–२ अर्न्तगत आज संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्याण्ड भिड्ने छन्।
स्कटल्याण्डको डुन्डे खेल मैदानमा हुने खेल नेपाली समयअनुसार ३ः४५ मा सुरु हुनेछ। स्कटल्याण्ड ३२ खेलमा ३८ अंकसहित सिरिजको तेस्रो स्थानमा रहेको छ भने युएई २४ खेलमा १४ अंकसहित पुछारमा रहेको छ।
युएई बाँकी रहेको आफ्ना १२ खेल जित्दै टप ६ मा पर्दै एकदिवसीय मान्यता बचाउने दाउमा छ भने स्कटल्याण्ड भने टप ४ मा रहँदै सिधैं विश्वकप ग्लोवल क्वालिफाएर खेल्ने दाउमा रहेको छ।
प्रकाशित: १८ श्रावण २०८३ ०७:१९ सोमबार





