२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

विश्वकप छनोटमा यूएई सुपर सिक्समा प्रवेश

जारी आइसीसी टी-२० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटमा युएई समूह ए को विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ।  

शुक्रबार भएको खेलमा मलेसियालाई ६ विकेटले  पराजित गर्दै यूएई सुपर सिकसमा प्रवेश गरेको हो । मलेसियाले दिएको १६२ रनको लक्ष्य पछाएको यूएईले १९.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गर्‍यो ।

यूएईको लागि कप्तान मोहम्मद वासिमले सर्वाधिक ८४ रन बनाए। ५३ बल फेस गरेका उनले ४ छक्का र ९ चौका प्रहार गरे।

मलेसियाको लागि कप्तान सेहद अजिजले २ विकेट लिए।  

त्यसअघि ओमानको ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-२ मा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउँदै १६१ रन बनायो। मलेसियको लागि अहम्मद फैजले सर्वाधिक ५४ रन बनाउँदै नटआउट रहे। उनले ३९ बलमा तीन छक्का र दुई चौका प्रहार गरे।

यूएईको लागि हैदर अली र मोहम्मद इफराले १- १ विकेट लिए।

प्रकाशित: २४ आश्विन २०८२ १५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App