नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स सस्तैमा अलआउट हुने संघारमा पुगेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमले ७० रन जोड्दा नवौँ विकेट गुमाएको हो।
लुम्बिनी लायन्सका तीव्र गतिका बलर किशोर महतोले १३औँ ओभरमा घातक बलिङ गर्दै लगातार दुई बलमा दुई विकेट लिए।
उनले १२.३ ओभरमा क्रिजमा टिकेर खेलिरहेका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई व्यक्तिगत २७ रनमा बोल्ड गरे। लगत्तै अर्को बलमा उनले हेमन्त धामीलाई खाता खोल्न नदिई बोल्ड गर्दै नवौँ झट्का दिए।
१२.४ ओभरको समाप्तिमा सुदूरपश्चिमले ९ विकेट गुमाएर मात्र ७० रन बनाएको छ।
हाल क्रिजमा अनिल खरेल ३ रन बनाएर टिकेका छन् भने अन्तिम ब्याटरका रूपमा अविनाश बोहरा मैदान प्रवेश गर्दैछन्।
सुदूरपश्चिमको ब्याटिङ धराशायी बनाउने क्रममा किशोर महतोले ३.४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिइसकेका छन्। यस्तै, शेर मल्लले ३ विकेट हात पारेका छन्।
प्रकाशित: ९ कार्तिक २०८३ १८:१६ सोमबार


-600x400.jpg)

-600x400.jpg)
