नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोली जितको लक्ष्यसहित मैदानमा उत्रनेछन्।
आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ।
त्यस्तै, आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्, जुन खेल साँझ ५ बजेदेखि सुरु हुनेछ।
प्रकाशित: २० कार्तिक २०८३ ०८:१६ शुक्रबार


-600x400.jpg)


