त्रिकोणीय शृंखलाको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३९ रनले पराजित गरेको छ। यो टी-२० त्रिकोणीय शृंखला एसिया कप २०२५ अघि पाकिस्तान, अफगानिस्तान र युएईबिच खेलिँदैछ।
शारजाहमा भएको खेलमा पाकिस्तानका कप्तान सलमान आघाको अर्धशतकले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। अफगानिस्तानका फरिद अहमदले सर्वाधिक २ विकेट लिए।
शुक्रबार राशिद खानको कप्तानीमा रहेको अफगानिस्तान १९.५ ओभरमा १४३ रनमा अलआउट भयो। राशिद खानले १६ बलमा ३९ रन बनाए। पाकिस्तानका लागि हरिस रौफले ४ विकेट लिए। पाकिस्तानले आफ्नो अर्को खेल शनिबार आयोजक युएईसँग खेल्नेछ।
प्रकाशित: १४ भाद्र २०८२ ०९:४५ शनिबार





