२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

शीर्ष वरीयाताका अल्कारेज र सबलेन्का अस्ट्रेलियन ओपनको तेस्रो चरणमा

शीर्ष वरीयाताका कार्लोस अल्कारेज र एरिना सबलेन्का वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।  

पुरुष एकलतर्फको खेलमा जर्मनीका यानिक हेनफ्मनलाई सोझो सेटमा पराजित गर्दै स्पेनका कार्लोसले तेस्रो चरणमा स्थान बनाएका हुन् । २ घण्टा ४५ मिनेटसम्म चलेको प्रतिस्पर्धामा कार्लोसले पहिलो सेट ७-६ (७-४), दोस्रो ६-३ र तेस्रो सेट ६-२ ले आफ्नो पक्षमा पारेका थिए ।  

पुरुष एकलतर्फका अन्य खेलमा रुसका एन्ड्री रुब्लेभ र ड्यानिएल मेद्भेदेभ, काजकिस्तानका अलेक्जेन्डर बुब्लिक, स्पेनका अलेक्जान्द्रो फोकिना, अमेरिकाका टोमी पलले पनि तेस्रो चरणमा स्थान बनाएका छन् ।  

महिला एकलतर्फको खेलमा चीनकी झोझान बाइलाई सोझो सेटमा पाखा लगाइन् । पहिलो सेट ६-३ ले जितेकी बेलारुसकी सबलेन्काले दोस्रो सेट ६-१ ले जितेकी थिइन् ।  

महिला एकलतर्फका अन्य खेलमा अमेरिकाकी काको गौफ, रुसकी मिर्रा एन्ड्रिभा, युक्रेनकी एलिना भितोलिना र चेकरिपब्लिककी कारोलिन मुचोभाले पनि आआफ्नो खेलमा जित निकाल्दै तेस्रो चरणमा स्थान पक्का गरेका छन् । 

प्रकाशित: ७ माघ २०८२ १७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App