अष्ट्रेलियामा जारी टप इण्ड टी-२० सिरिज अन्तर्गत नेपालले अहिले पाकिस्तानको सहिन्सविरुद्ध बलिङ गरिरहेको छ ।
डार्विनको मरार क्रिकेट मैदान २ मा नेपालले पाकिस्तानविरुद्ध कसिलो बलिङ गरेको छ । ११ ओभरको समाप्तिमा पाकिस्तानले ६ विकेट गुमाएर ६३ रन बनाएको छ।
११औं ओभरमा नन्दन यादवले दुई विकेट लिए । ओभरको पहिलो बलमा अब्दुल समादलाई २६ रनमा कुशल भुर्तेलद्वारा क्याच आउट गराएका नन्दनले ओभरको चौथो बलमा मुबासिर खानलाई ३ रनमा दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए ।
मात्र दुई ओभरमा नन्दनले २ ओभरमा मात्र ६ रन दिएर २ विकेट लिएका हुन् ।
थप विकेट दीपेन्द्रले २ तथा सोमपाल कामी र कुशल भुर्तेलले समान एक विकेट लिए ।
प्रकाशित: ६ भाद्र २०८२ १६:१२ शुक्रबार

