१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

टप एण्ड टी–२० सिरिजः नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी–२० सिरिज’को उद्घाटन खेल आज नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबीच हुँदैछ।

नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज दिउँसो २ः१५ बजे खेल सुरु हुनेछ। ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप पहिलोपटक यो प्रतियोगितामा नेपाल सहभागी भएको हो। प्रतियोगितामा आयोजक अस्ट्रेलियासहित अमेरिका, पाकिस्तानलगायत ११ देशका  टोली प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिता आगामी भदौ ८ गतेसम्म जारी रहने छ।

प्रकाशित: ३० श्रावण २०८२ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App