टोखा नगरस्तरीय अन्तविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। टोखा प्याब्सनको आयोजनामा टोखा-८ स्थित प्रिमियर फुटसल मैदानमा पहिलो दिन लिग चरणका खेल सुरु भएको हो।
टोखा-१० का वडा अध्यक्ष मचाकाजी महर्जन र प्याब्सन टोखा नगर समितिका अध्यक्ष अरूण केसीले संयुक्त रूपमा उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा काठमाडौं ग्लोबल स्कुलका विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। गोंगबुस्थित काठमाडौं ग्लोबल स्कुलमा जुनियर ब्वाइज र ओपन गर्ल्सका प्रतिस्पर्धाहरू भए।
सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान १४ टोलीले प्रतिस्पर्धा गर्दैछन्। खुला गल्र्समा आठ टोलीले चुनौती प्रस्तुत गर्दैछन्। प्रतियोगिताका संयोजक दिपेन्द्र थापाका अनुसार लिग चरणका खेलहरू पूरा भएपछि नकआउट चरण र फाइनलको तालिका सार्वजनिक गरिनेछ।
प्रकाशित: १६ श्रावण २०८२ ०६:५९ शुक्रबार





