२८ भाद्र २०८३ आइतबार
image/svg+xml
खेल

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन्।

एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्।

सन्दीपले हालसम्म एक दिवसीयमा १५८ र टी-२०आई क्रिकेटमा १४२ विकेट लिएका छन्। उनले अहिलेसम्म एक दिवसीयमा ७९ र टी-२० आईमा ७८ वटा खेल खेलेका छन्। सन्दीपले विदेशी मैदानमा एसिसी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन्।

सन् २०२३ मा आयोजित एसिसी प्रिमियर कपको उपाधि नेपालले घरेलु मैदानमा जितेको थियो। त्यतिबेला नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गरेका थिए। कप्तान लामिछाने एक दिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रो पटक ‘प्लेयर अफ द सिरिज’ घोषित हुने पहिलो खेलाडीसमेत बनेका छन्। उनी सन् २०२३ को संस्करणमा पनि उत्कृष्ट खेलाडी चुनिएका थिए। उक्त संस्करणको प्रिमियर कपमा सन्दीपले ५५ रन बनाउनाका साथै १३ विकेट लिएका थिए।

यसपालि उनले थप उत्कृष्ट प्रदर्शन गरे। सन्दीपले एसिसी प्रिमियर कप २०२६ मा छ खेलमा २.९८ को सानदार इकोनमी रेटमा सबैभन्दा बढी १७ विकेट लिए। नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्त्वपूर्ण रह्यो। रासस

प्रकाशित: २८ भाद्र २०८३ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App