वि.सं. २०८० मा गएको विनाशकारी भूकम्पबाट विस्थापित नागरिकले अहिलेसम्म राहत नपाएको भन्दै जाजरकोटका युवाहरूले संघीय राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी युवाहरूले भूकम्पपीडितलाई तत्काल राहत वितरण गर्नुपर्ने र क्षतिग्रस्त ऐतिहासिक जाजरकोट दरबारको पुनर्निर्माण अविलम्ब सुरु गर्नुपर्ने मागसहित विभिन्न नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।
भूकम्प गएको लामो समय बितिसक्दा पनि पीडितहरूको उचित पुनर्स्थापना हुन नसकेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।
विकट जिल्ला भएका कारण सरकारले जाजरकोटको पीडा, विकास र पुनर्निर्माणलाई प्राथमिकतामा नराखेको प्रदर्शनकारी युवाहरूको आरोप छ।
हेराैं तस्बिरहरु। सबै तस्बिर: द्वारिका काफ्ले/नागरिक








प्रकाशित: २८ भाद्र २०८३ १८:५८ आइतबार





