अबको केही घन्टापछि घरेलु मैदानमा पहिलो पटक रात्रिकालीन अन्तर्राष्ट्रिय खेल आयोजना हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे हुने ऐतिहासिक खेलमा नेपालले युएईको सामना गर्दैछ। पहिलो पटक राति आफ्नै मैदानमा हुन लागेको अन्तर्राष्ट्रिय खेल खेल्न नेपाली खेलाडीहरु उत्साहित छन्।
यो ऐतिहासिक खेलसँगै नेपाली टोलीको नेतृत्व दिपेन्द्र सिंह ऐरीले गर्दैछन्। उनको कप्तानीमा आज युएईविरुद्ध नयाँ अनुहार मैदानमा उत्रिनेछन्। सधैंझै आज पनि नेपालको ओपनिङमा कुशल भुर्तेल आउने छन्। उनलाई साथ दिन सभ्भवत लोकश बम क्रिजमा हुनेछन्।
कुशलले नेपाललाई राम्रो सुरुआत दिन सक्दा लोकेश आक्रमिक ब्याटिङ गर्न सक्नेछन्। त्यस्तै, मिडलअर्डरमा कप्तान दिपेन्द्र सिंह ऐरी, टोलीमा कमब्याक गरेका कुशल मल्ल, गुलशन झा, सन्तोष यादव र सन्दीप जोरा हुन सक्छन्। त्यस्तै, बसिर अहम्मद पनि सुरुआती–११ मा जोडिन सक्छन्।
त्यस्तै, बलिङर्फ नेपालको प्रमुख हतियार सन्दीप लामिछाने नै हुनेछन्। दिपेन्द्र र गुलशनले पार्ट टाइम बलिङ गर्न सक्छन्। त्यसपछि नेपालको पेस बल्लिङमा नन्दन यादव र हेमन्त धामी हुन सक्छन्।
यस्तो छ नेपालको सम्भावित सुरुआती–११
कुशल भुर्तेल , लोकश बम, सन्दीप जोरा, दिपेन्द्र सिह ऐरी (कप्तान) सन्तोष यादव, गुलशन झा, कुशल मल्ल, बसिर अहम्मद, सन्दीप लामिछाने, नन्दन यादव र हेमन्त धामी।
प्रकाशित: ७ वैशाख २०८३ १४:५० सोमबार





