१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

तेस्रो ताप्लेजुङ गोल्डकप: उपाधिका लागि चर्च व्वाइज र सलहेस भिड्ने

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधिका लागि सलहेस फुटबल क्लब सिराहा र चर्च ब्वाईज फुटबल क्लब ललितपुर भिड्ने भएका छन्।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लबलाई २–० ले पाखा लगाउँदै सलहेसले फाइनल भिडन्तका लागि चर्च ब्वाईजसंगको भेट तय गरेको हो ।

चर्च ब्वाईज बुधवार भएको पहिलो सेमिफाइनलमा इटहरीस्थित द योङ ब्रर्दश फुटबल क्लबलाई टाईब्रेकरमा पराजित गर्दै फाइनल पुगिसकेको छ । उपाधिका लागि अब सलहेस फुटबल क्लब सिराहा र चर्च ब्वाईज फुटबल क्लब ललितपुर शनिवार फुङलिङस्थित भानुजन माविको मैदानमा आमनेसामने हुनेछन् । फाइनलमा स्थान बनाउने क्रममा सलहेस फुटबल क्लब सिराहाका युसुफ मलिक नायक बने ।

खेलको १३ औं र ४८ औं मिनेटमा गरी दुईगोल गरेका युसुफको गोलनै सलहेसलाई तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा स्थान बनाउन पर्याप्त बन्यो । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपका विजेताले ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन्। 

प्रकाशित: २९ श्रावण २०८२ १७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App