अग्रेजी नयाँ वर्ष भोलिदेखि सुरु हुँदैछ। यतिबेला विश्व सन् २०२५ लाई बिदाई गर्दै २०२६ लाई स्वागत गर्न तयार छ।
हरेक वर्ष हरेक क्षेत्रमा नयाँ कुरा हुँदै जान्छ। यस वर्षपनि हरेक क्षेत्रमा केही नयाँ कुराहरु भएको छ। यो अवस्थामा सन् २०२५ मा विश्व खेलकुद जगतमा के- के भयो? कतै ठूलो उपलब्धी हासिल भयो भने, कतै विश्वलाई चकित पार्ने कुरा भयो।
के- के भयो सन् २०२५ मा विश्व खेलकुद जगतमा?
भारतीय महिलाको पहिलो विश्वकप उपाधि
यस वर्षको खेलकुदमा सबैभन्दा रोचक कुरा भारतीय महिला टोलीले पहिलो एकदिवसीय विश्वकप जित्नु रहेको छ।
आफनै घरेलु भूमिमा पहिलो पटक विश्वकपको उपाधि जित्दैँ, भारतले महिला क्रिकेटमा एउटा नयाँ अभ्याय सुरु गरेको हो।
दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै यस वर्ष भारतले महिला क्रिकेटलमा एउटा नयाँ आश जगाएको हो। उपाधि जित्नुअघि भारत दुई पटक विश्वकपको फाइनल पुगेको थियो।
फिफा क्लब विश्वकप
यस वर्षको अर्को लोकप्रिय कुरा हो, फिफा क्लब विश्वकप। संयुक्त राज्य अमेरिकाले आयोजना गरेको फिफा क्लब विश्वकपको उपाधि चेल्सीले जित्यो।
यसवर्ष सो विश्वकपमा कूल ३२ टोलीले सहभागीता जनाएका थिए।
एक महिना लामो समयसम्म चलेको सो विश्वकपले यो वर्ष दर्शक र पूरै विश्वको ध्यान तान्न सफल रह्यो।
जोन सिनाको सन्यास
जोन फेलिक्स एन्थोनी सिना यो अन्तर्राष्ट्रिय खेलकुदको निकै चचर्ति नाम हो। विश्व रेस्लिङ मनोरञ्जन (डब्लुडब्लुई) को राजाको रुपमा परिचित जोन सिनाले यस वर्ष औपचारिक रूपमा रिङबाट सन्यास लिएका छन्।
‘यु क्यान्ट सी मी’ भन्ने उनको यो शब्द विश्वभर हरेक व्यक्तिको मुखमा आउने शब्द हो। आफनो २४ वर्षको लामो करिअरमा पूर्णविराम लगाएका उनले रिङबाट सन्यास लिदाँ यो वर्षको सबैन्दा चकित र भावुक क्षण बन्न्न पुग्यो।
रेस्लिङले मात्र होइन, यस वर्ष अन्तर्राष्ट्रिय खेलकुदमा एउटा युग समाप्त भएको छ।
रोयल्स च्यालजेन्स बंग्लुरुको पहिलो आईपीएल उपाधि
सन् २०२५ मा इन्डियन प्रिमियर लिग (आईपीएल)मा एउटा इतिहास रचिएको छ। आईपीएलको इतिहासमा पहिलो पटक रोयल्स च्यालजेन्स बंग्लुरु (आरसीबी)ले यो वर्ष उपाधि जित्न सफल रह्यो।
१७ वर्ष लामो प्रतिक्षापछि आरसीबी यो वर्ष सफल रहेको हो। पन्जाव किंग्सलाई ६ रनले पराजित गरेसँगै आरसीबीको लागि यो वर्ष एकदमै सम्झनलायक बनेको छ।
तीन पटक फाइनलमा पुगेर उपाधिबाट विमुख रहेको आरसीबीको लागि यो वर्ष सुखद बन्यो ।
कार्लोस अल्काराजले जिते पहिलो ओपन फ्रेन्च टेनिसको उपाधि
फ्रेन्च ओपन ग्रान्डस्लाम टेनिसको उपाधि कार्लोस अल्काराजले पहिलो पटक जिते। २१ वर्षिय स्पेनिस कार्लोसले यो वर्ष टेनिसको नयाँ अध्याय सुरु गरे।
पहिलो उपाधि जितेर विश्वलाई चकित गरेका उनले स्पेनकै लिजेण्ड रफायल नाडालको कीर्तिमान पनि तोडेका छन्।
उनको यो सफलतालाई यो वर्षाको सम्झनलायक प्रदर्शन मानिन्छ।
नेपाली टोलीले टेष्ट राष्ट्रलाई हरायो
विश्व क्रिकेट जगतले यस वर्ष एउटा नयाँ कुरा पायो। त्यो हो, नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेष्ट राष्ट्रलाई हराएको।
युनिटि कप अन्तर्गत भएको खेलमा नेपालले टेष्ट राष्ट्र वेस्ट इन्डिजलाई हराउँदै विश्व क्रिकटमा एउटा नयाँ अध्याय सुरु गर्यो। नेपालले पहिलो पटक टेष्ट राष्ट्रलाई पराजित गरेको हो। एसिया र नेपाल मात्र नभई त्यसबेला सिंगो विश्व खेलकुदको ध्यान नै त्यसतर्फ थियो।
नेपालको यो प्रदर्शन सन् २०२५ को एकमध्य सम्झनालायक खेल हो।
क्रिस्टल प्यालेसको पहिलो प्रमुख उपाधि
गत १७ मे मा म्यानचेस्टर सिटीलाई पराजित गर्दै क्रिस्टल प्यालेसले एफए कपको पहिलो उपाधि जितेको छ। यस वर्षको फुटबल जगतमा सम्झनलायक खेल यो पनि एक हो।
पहिलो पटक घरेलु उपाधि जितेको क्रिस्टल प्यालेसको लागि यो अवसरको लागि १९ वर्ष कुरन पर्यो। क्लबको इतिहासमा पहिलो ट्रफी जितेको क्रिस्टलको लागि यो वर्ष निकै सुखद रहेको छ।
उपाधिको प्रमुख दाबेदारको रुपमा रहेको म्यानचेस्टरलाई उपाधिबाट विमुख गर्नु नै उसको लागि यो ठूलो उपलब्धी हो।
विराट र रोहितको टेष्ट क्रिकेटबाट सन्यास
भारतका निकै चचार्ति खेलाडी विराट कोहली र रोहित शर्माले यस वर्ष टेष्ट क्रिकेटबाट सन्यास लिए।
उनीहरु दुवैले गत मे को पहिलो साता टेष्टबाट सन्यास घोषाण गरेका हुन्। रोहितले सामाजिक सञ्जाल र कोहलीले इन्स्टाग्राममा पोष्ट गर्दै टेष्ट क्रिकेटबाट सन्न्यास लिने घोषण गरेका थिए।
उनीहरुको सन्यासबाट भारत मात्र नभई विश्व क्रिकेट नै उदास बन्न पुगेको थियो।
मेस्सीको भारत भ्रमण
यस वर्षको सबैभन्दा चर्चामा रहेको विश्व खेलकुदको कुरा हो मेस्सीको भारत भम्रण।
फुटबलको राजा मानिने अर्जिन्टिनमा लियोनल मेस्सी यही महिना भारत भम्रणमा आएका थिए।उनको यो भ्रमणले विश्व खेलकुदको माहोल एकदमै चर्चति भएको थियो।
क्रिकेटको कारखानको रुपमा रहेको भारतमा फुटबलका स्टार आउँदा विश्व नै यो कुराले चकित हुन पुग्यो।
‘द गोट टुर इण्डिया २०२५’ अन्तर्गत मेस्सी भारतमा ३ दिन रहे। जसले गर्दा यो वर्षको अन्तिममा खेलकुदको माहोल तातेको थियो।
प्रकाशित: १६ पुस २०८२ १६:०२ बुधबार





