२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

दोस्रो संस्करणको इडब्लुभिएल भोलिबाट, कुन टोलीमा को खेलाडी?

वात्सल्य एभेरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण भोलिबाट सुरु हुँदै छ।

कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म आयोजना हुँदैछ। इडब्लुभिएलको दोस्रो संस्करण काठमाडौं बाहिर हुँदैछ। अर्थात यस पटक पोखराको बहुद्देशप्य कभर्डहलमा आयोजना हुनेछ।

यस पटक काठमाडौं स्पाइर्कस ,ललितपुर क्विन्स, मधेश यूनाईटेड, कर्णाली यशविस, पोखरा निन्जाज र लुम्बिनी लाभाजले सहभागिता जनाउँदै छन्। यी मध्ये पोखरा निन्जाजको नाम पहिलो संस्करणमा गण्डकी थन्डर्स थियो। जहाँ अहिले गण्डकीलाई पोखरा निन्जाज नामकरण गरिएको हो। लुम्बिनी लाभाजकाे पनि चितवन शक्तिको स्थानमा आएको हो।

पहिलो संस्करणको इडब्लुभिएले अपार सफलता पाएको थियो। कर्णाली यशविस को साविक विजेता हो।  

यस पटक कुन टोलीमा कस्ता छन् खेलाडी?

काठमाडौं स्पाइर्कस

काठमाडौं स्पाइकर्सको मार्की खेलाडीको रूपमा उषा भण्डारी रहेकी छिन्। जहाँ मुख्य प्रशिक्षको भूमिकामा लोकबहादुर बूढा रहेका छन्।  

काठमाडौंमा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री र भुवनेश्वरी चन्द रहेका छन्।

काठमाडौंले थाइल्याण्डका दुई र बुल्गेरियाका एक खेलाडीले भित्राएको छ। थाइल्याण्डका अपोजिट हिटर अपिन्या प्रथाबिमसोङ र आउटसाइड हिटर कन्चना सिसाईकाएओ छन् भने बुल्गेरीयनकी सेटर पोलिना नेकोभा रहेकी छिन्।

काठमाडौंले भदौ २१ गते ललितपुर क्विन्ससँग खेल्दै प्रतियोगितको सुरुआत गर्नछ।  

ललितपुर क्विन्स

पहिलो संस्करणको उपविजेता टोली हो ललितपुर क्विन्स। सलिना श्रेष्ठ मार्की खेलाडी रहेको ललितपुर क्विन्सको मुख्य प्रशिक्षकको रूपमा उत्सव खड्का रहेका छन्। 

त्यस्तै, टोलीमा संगम महत, लक्ष्मी चन्द, सुनिता राई, सलिना बूढा मगर, निश चौधरी, सुष्टि खड्गी र भावना डाँगी रहेका छन्। त्यस्तै, ललितपुरमा तीन जना थाइल्यान्डका खेलाडी पनि आबद्ध भएका छन्।

जसमा वारन्या श्रिलाओङ र पट्राथिप सान्त्रकुन र दारिन पिन्सुवान रहेका छन्। यसअघि भएको पहिलो संस्करणमा वारन्या र पट्राथिपले सहभागिता जनाइसकेका छन्।  

ललितपुर भदौ २० गते मधेश यूनाईटेडसँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।  

मधेश यूनाईटेड

मधेश यूनाईटेडले तीनै जना नेदरल्यान्ड्को खेलाडीलाई टोलीमा समावेश गरेको छ। जसमा डानिक आर्डेमा, क्रिस्टन वेसेल्स र रोमी भिनस्ट्रा रहेका छन्। डानिक आर्डेमा नेदरल्यान्डसकी अनुभवी सेटर हुन्।

क्रिस्टन वेसेल्स आउट साइटर हिटर र रोमी भिनस्ट्रा पनि आउट साइट हिटर हुन्। टोलीको मार्की खेलाडी निरुता ठगुन्ना हुने भने मुख्य प्रशिक्षको जिम्मा कोपिला उप्रेतिले पाएकी छिन्। त्यस्तै, टोलीमा आरती सुवेदी, सरस्वती कटेल, कोपिला राणा, बबिता होहोरा, उषा विष्ट, खेहा ठगुन्ना र बसन्ती साउद रहेका छन्। 

मधेशले भदौ २० गते पहिलो खेल ललितपुर क्विन्ससँग खेल्नेछ।  

कर्णाली यशविस

पहिलो सन्सकरन्को  विजेता हो कर्णाली यशाविस। ललितपुरलाई फाइनलमा हराउँदै कर्णालीले  इडब्लुभिएलको पहिलो उपाधि चुमेको थियो।  

सुमित्रा रेग्मी मार्की खेलाडी रहेको कर्णालीको मुख्य प्रशिक्षकको भूमिकामा कु्मार राई रहेका छन्। टोलीमा ब्राजिलको दुई जना र ग्रिसको एक जना विदेशी खेलाडी रहेका छन्।  

ब्राजिलियन खेलाडी आना फलाभिया र मायरा भिटोरिया रहेका छन् भने ग्रीसकी इभान्जेलिया चान्टाभा रहेकी छिन्।  

त्यस्तै, कर्णालीबाट सोफिया पुन, रश्मि दुरा, जोशना महतो, पूजा थारु, नेविका चौधरी, रेविका लामा तामाङ,  र अलिशा भोजुले खेल्ने छन्। कर्णाली यशवीसले उद्घाटन खेलमा पोखरा निन्जाजसँग खेल्ने छ।  

पोखरा निन्जाज

पहिलो संस्करणको गण्डकी थन्डर्सबाट पोखरा निन्जाज बनेको टोलीको मार्कि खेलाडीको रुपमा प्रगति नाथ रहेकी छिन्।

टोलीको प्रशिक्षकको भूमिका रुपेश विष्ट रहेका छन्। त्यस्तै, टोलीमा पुनम चन्द, सुनिता खत्री, गरिमा बोहोरा, मिना सुनार, एन्जिला प्रधान, भाजना तामाङ  र निशा महरा रहेका छन्।  

त्यस्तै, टोलीमा रोमानयीकाकी एनामारिया बेरडिल्ला, क्रोसियाकी लि बोबन र अमेरिकाकी एडेओला रहेकी छिन्।  

पोखराले साविक विजेता कर्णाली यशविससँग उद्घाटन खेलमा खेल्दै आफ्नो यात्रा सुरुआत गर्न छ।  

लुम्बिनी लाभाज

नेपाली राष्ट्रिय महिला भलिबलकी कप्तान अरुण शाही लुम्बिनी लाभाजको मार्की खेलाडीको रूपमा रहेकी छिन्।  

प्रशिक्षको भूमिका भने भरत यादव रहेका छन्। टोलीमा  कामना विष्ट,  शान्तिकला तामाङ, एलिशा मानन्धर जेनिशा विश्वकर्मा, अनुशा चौधरी रोमा महतो, रिकजना माझी रहेका छन्।

टोलीमा विदेशी खेलाडीको रूपमा दुई जना रसियन र एक जना किर्गीस्तानको खेलाडी छन्। जसमा रसियाका केसेनीय तिसिना र भेरोनिका तथा किर्गीस्तानबाट ओगुलाई कुडाई कुलोभा रहेका छन्।

लुम्बिनीले भदौ २१ गते कर्णाली यशवीससँग खेल्दै आफ्नो यात्राको सुरुआत गर्ने छ।

प्रकाशित: १९ भाद्र २०८२ ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App