१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
खेल

बाघ भैरव टिम च्याम्पियन

बाघ भैरव दोस्रो वडा अध्यक्ष कप खुला कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ। बाघ भैरवले ५ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो। चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा भएको प्रतियोगितामा ठैव ४ स्वर्ण, १ रजत र ३ कांस्यसाथ दोस्रो भयो।

तेस्रो स्थानको भृकुटीले ३ स्वर्ण, १ रजत र ३ कांस्य हात पार्‍यो। नेपाल गोजुकाइ कराते डो संघको आयोजना तथा मित्र पार्क नाय खिं बाजं खलःको सहकार्यमा भएको प्रतियोगिताको पुरुषमा चिल्ड्रेन मोडेलका साइमन मल्ल तथा महिलामा अरनिकोकी उर्मिला चेपाङ उत्कृष्ट खेलाडी घोषित भए।

उत्कृष्टद्वयलाई आयोजक संघका उपाध्यक्ष जनार्दन उप्रेतीले प्रोत्साहनस्वरूप जनही ६ हजार नगद पुरस्कार प्रदान गरेको आयोजक संघका महासचिव एवं सहायक प्रमुख प्रशिक्षक इन्द्र खड्गे शाहीले जनाएका छन्।

विजेतालाई काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, पाँखखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल, पूर्व प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे। सोही अवसरमा आयोजक संघका उपाध्यक्ष डा. जंगबहादुर हमाललाई पनि सम्मान गरिएको थियो।  

प्रकाशित: १६ कार्तिक २०८३ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App