नेपाल र युएईबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल केही बेरमा पुनः सुरु हुँदैछ।
वर्षाका कारण केही समय रोकिएको खेल सुचारु गर्न अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट कभर हटाइएको छ।
पहिलो इनिङ्स सकिन मात्र ७ बल बाँकी रहँदा भारी वर्षा भएपछि खेल रोकिएको थियो।
खेल रोकिन अघि नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको छ। कप्तान दीपेन्द्र सिंह ऐरी ३२ र सन्दीप लामिछाने २ रनमा नटआउट छन्।
कमजोर ब्याटिङ सुरुवात गरेको नेपालका लागि बसिर अहमदले २०, कुशल मल्लले १७, कुशल भुर्तेलले १६, अर्जुन साउद र नन्दन यादवले समान १३, सन्दीप जोराले ६, गुल्शन झाले एक रन बनाए। शेर मल्ल शुन्य रनमा आउट भए।
मोहमद जुहैबले ३, जुनैद सिद्धिकीले २ तथा हैदर अली र मुहमद अर्फानले समान एक विकेट लिए।
नेपालले युएईसँग दुई खेलको शृंखला खेलेको हो। अर्को खेल मंगलबार हुनेछ।
प्रकाशित: ७ वैशाख २०८३ १९:५२ सोमबार





