२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

नेपाल र बङ्गलादेशबीचको खेल गोलरहित बराबरीमा

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्एिको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो।

खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन्।

अब नेपाल र बङ्गदादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २४ गते हुनेछ। उक्त खेलमा स्पष्ट नतिजा नआए खेल पेनाल्टी सुटआउटमा जाने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०८२ २०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App