२ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

अर्जेन्टिना र अल्जेरियाबिच खेल सुरु, यस्तो छ सुरुवाती-११

तस्बिर : फिफा

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ अन्तर्गत साविक विजेता अर्जेन्टिना र अल्जेरियाको खेल सुरु भएको छ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा भइरहेको खेल केहिबेर अगाडि सुरु भएको हो।

यस खेलसँगै अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले २०० औं अन्तर्राष्ट्रिय खेल पूरा गरेका छन्। यसका साथै लगातार ६ विश्वकप खेल्ने उनी पहिलो खेलाडी समेत बनेका छन्। विश्वकपमा उनी आज कीर्तिमानी २७ औं खेल खेलिरहेका हुन्।

अर्जेन्टिनाको सुरुवाती-११

एमिलियानो मार्टिनेज, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, लिसान्ड्रो मार्टिनेज, फाकुन्डो मेडिना, रोड्रिगो डी पॉल, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज, थियागो अल्माडा, लियोनेल मेस्सी, लाउटारो मार्टिनेज।

अल्जेरियाको सुरुवाती-११  

लुका जिदान, मोहम्मद फारसी बेलघाली, आइसा मंडी, रामी बेन्सेबैनी, रायन ऐत(नौरी, हिचम बौडाइ, अहमद केनडौचि माजा, नवी बेनटालेव,अनिस हज मूसा, अमिने गौरी, फरीद एल मेलाली चाइबी।

प्रकाशित: ३ असार २०८३ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App