इङ्लिस प्रिमियर लिगका पूर्वस्टार सम्मिलित एसियन च्याम्पियन्स लिग सोमबार सुरु हुँदा एसियाली फुटबलका समर्थकहरूले यसलाई चासोका साथ हेरिरहेका छन्।
इङ्लिस फुटबलका पूर्वस्टारहरू इभान टोने, जेसी लिङ्गार्ड, रियाद महारेज र डार्विन नुनेजलाई एसियन फुटबलको सबैभन्दा ठूलो प्रिमियर लिग प्रतियोगिता जित्ने अवसर हुनेछ । गत संस्करणमा साउदी अरबका क्लबले एसियन च्याम्पियन्स लिगमा दबदबा बनाउँदा तीन टोली सेमिफाइनलमा पुगे। करिब ६० हजार समर्थकका साथ मेमा जेदाहमा भएको फाइनलमा अल अहलीले उपाधि उचाल्यो। अल इतिहाद र अल हिलाललाई यसपल्ट पनि उपाधि दाबेदारका रूपमा हेरिएको छ। साउदीको पब्लिक इन्भेस्टमेन्ट फन्डको लगानीमा रहेको अल नासर पनि बलियो टोली हो।
अल नासरले सन् २०२३ मा खेलाडी अनुबन्धित गर्न करिब १.५ बिलियन डलर खर्चिएको थियो, जहाँ क्रिस्टियानो रोनाल्डो पनि सम्मिलित थिए। इङ्लिस प्रिमियर लिग क्लब ब्रेन्टफर्डबाट टोने साउदी क्लब अल अहलीमा अनुबन्धित भएका हुन्। सन् २०२४ को अगस्टमा आएका टोने एसियाली फुटबलमा चम्कन सक्नेछन्। ‘आफ्ना समर्थकका माझ च्याम्पयन्स लिग जित्नु धेरै खुसीको पक्ष हो। हाम्रा समर्थक पनि यसका लागि आतुर छन्,’ टोनेले भने।
इङ्ल्यान्डका स्ट्राइकर टोनेले गत सिजन ६ गोल गरेका थिए। उनको रियाद महारेजसँग पनि राम्रो सम्बन्ध छ, जसले सन् २०२१ मा म्यानचेस्टर सिटीबाट युइएफए च्याम्पियन्स लिगको उपाधि उचालेका थिए।
‘यदि तपाईं सही स्थितिमा पुग्नुभयो भने महारेजजस्ता खेलाडी भेटिनेछन्,’ टोनेले भने, ‘साउदी प्रो लिग उच्च स्तरको छ।’ एसियन च्याम्पियन्स लिगमा सहभागी २४ टोलीलाई एसियाको वेस्टर्न र इस्टर्न गरी दुई समूहमा विभाजन गरिने गरिन्छ। हरेक समूहबाट आठ टोली राउन्ड अफ १६ मा पुग्नेछन्।
गत जुनमा अमेरिकामा भएको क्लब विश्वकपमा समूहचरण पार गर्ने एक मात्र एसियन क्लब हो रियादको अल हिलाल। म्यानचेस्टर सिटी जस्तो बलियो टोलीलाई हराउँदै अल हिलाल क्वार्टरफाइनलसम्म पुगेको थियो। अल हिलालले लिभरपुलबाट उरुग्वेका स्ट्राइकर नुनेजलाई भित्र्याउन ७० मिलियन डलर खर्चिएको छ।
अल हिलालले अहिले युरोपमा सफल प्रशिक्षक सिमोन इन्जाघीलाई पनि भित्र्याएको छ। गत संस्करण इन्टर मिलानलाई युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका सिमोन गत जुनमा हिलाल पुगेका हुन्। च्याम्पियन्स लिग फाइनलमा भने उनको टोली मिलान पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ५–० ले पराजित हुन पुगेको थियो।
इटालियन प्रशिक्षक सिमोनले एसिया अझै राम्रो नतिजा दिन सक्नेछन्। दुई पल्टको च्याम्पियन अल इतिहाद पनि एसियन च्याम्पियन्स लिगका लागि बलियो टोली हो। अल इतिहादमा फ्रान्सका स्टार करिम बेन्जिमा र एनगोलो कान्टे जस्ता खेलाडी छन्।
कान्टेसँग युरोपमा पनि च्याम्पियन्स लिग जितेको अनुभव पनि छ। म्यानचेस्टर युनाइटेड र इङ्ल्यान्डका स्टार लिङ्गार्ड दक्षिण कोरियन क्लब एफसी सिओलमा छन्।
दक्षिण कोरियन क्लब एसियन च्याम्पियन्स लिगमा सबैभन्दा सफल टोली हो, जसले १२ पल्ट उपाधि जितेको छ। तर, सन् २०१६ यता भने एफसी सिओलले एकपल्ट मात्र यो सफलता पाएको छ। लिङ्गार्ड सन् २०२३ मा के लिग टोलीसँग आबद्ध भएका हुन्। उनी अहिले क्लबका कप्तान र समर्थकका प्रिय खेलाडी पनि भइसकेका छन्।‘
अहिले हामी लिग र एसियन च्याम्पियन्स लिगको उपाधि जित्ने गरी प्रतिस्पर्धा गर्दै छौं,’ लिङ्गार्डले भने, ‘एक कप्तानको रूपमा यो सफलता दिलाउन जतिसक्दो प्रयास गर्नेछु।’ सिओलका प्रशिक्षक किमकी दोङले ३२ वर्षे लिङ्गार्डमाथि धेरै जिम्मेवारी थपिदिएका छन्।
‘उनले इङ्ल्यान्ड र इङलिस प्रिमियर लिग खेलेका थिए। तर, एसियन च्याम्पियन्स लिगमा उनको यो पहिलो सहभागिता हो,’ किमले भने,‘उनी अझै राम्रो गर्न चाहन्छन्। त्यसका लागि धेरै मिहिनेत पनि गर्नेछन्।’
जापानी क्लबहरूले अहिले साउदीका क्लबलाई धेरै चुनौती दिन थालेका छन्। कावासाकी फ्रन्टेलले गत अप्रिलमा भएको सेमिफाइनलमा अल नासरलाई हराएको थियो। तर, यसपल्ट च्याम्पियन्स लिगमा छनोट हुन भने असफल रह्यो। जे लिग क्लब भिसेल कोबे पनि बलियो दाबेदारका रूपमा हेरिएको छ। इस्टर्न रिजनको १२ टोलीमा दक्षिण कोरियाको उलसान मात्रा पछिल्लोपल्ट च्याम्पियन्स लिग खेलेको टोली छ।
प्रकाशित: २८ भाद्र २०८२ ०९:१० शनिबार





