३ आश्विन २०८३ शनिबार
image/svg+xml
खेल

जापानको प्रविधि र संस्कृतिले सजियो २०औं एसियाड उद्घाटन

आयोजक जापानले २०औं एसियाली खेलकुदको उद्घाटन समारोहमा आफ्नो प्रविधि र औद्योगिक क्षमताका साथै सांस्कृतिक पहिचान प्रस्तुत गरेको छ।

जापानको शहर नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा शनिबार भएको समारोह मितव्ययी देखिन्थ्यो । तर रंगीन शैलीको प्रस्तुती दिन आयोजकले कुनै कसर बाँकी राखेन ।

उद्घाटन समारोहको पूर्वसन्ध्यामा व्यवस्थापकीय समस्याले एसियाली खेलकुदमा आलोचनाको घेरामा रह्यो । तर, उद्घाटन समारोहमा भने आयोजकले प्रवधि र औधोगिक क्षमताबाट फरक पहिचान दियो ।

पृष्ठभूमिमा केही सकारात्मक सन्देश आयोजकले दिएको छ । भव्य समारोहबीच जापानका सम्राट नारु हितोले एसियाली खेलकुदको औपचारिक उद्घाटन गरे । उक्त समारोह करिब दुई घन्टा लामो रह्यो ।

सम्राट नारुहितोले २०औं एसियाली खेलकुदको औपचारिक रूपमा उद्घाटन भएको घोषणा गरेका थिए । जुन समारोहमा सम्राज्ञी मासाको, एसियाली ओलम्पिक परिषद्का अध्यक्ष शेख जोआन बिन हमाद अल थानी र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओस) की प्रमुख कस्र्टी कोभेन्ट्रीलगायत विशिष्ट व्यक्तिको उपस्थित रहे ।

त्यसअघि मार्च पास्टमा म्यानमारपछि नेपाली टोली सहभागी भएको थियो । उद्घाटनपछि ओलम्पिक गोल्ड मेडलिस्टहरूले ओलिम्पिक काउन्सिल अफ एसिया (ओसिए) को झन्डोत्तोलन गरे । खेलाडी र जजले खेलाडीले त्यसपछि सपथ लिए ।

विभिन्न संस्कृति झल्कने प्रस्तुतीले उद्घाटन समारोहको आकर्षण थप बढायो । फुजिनामी आकारीले ओलम्पिक टर्च विभिन्न खेलका ओलम्पिकका मेडलिस्टलाई हस्तान्तरण गरिन् । अन्तिममा मुरुफुसी कोजीले उक्त टर्चलाई दीप प्रज्वलन गरे । ‘हार्मोनिक हार्ट बिट’ अर्थात् ‘सामञ्जस्यपूर्ण मुटुको धड्कन’ एसियाली खेलकुदको मूल अवधारणा रह्यो ।

जापानले आफ्नो इतिहासमा तेस्रोपटक एसियाली खेलाडीलाई स्वागत गरेको हो । यसअघि जापानले सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिमामा एसियाली खेलकुद आयोजना गरेको थियो ।  

तेस्रोपल्ट आयोजना गर्दा समारोहबाट जापानले प्रवधिमैत्री देशको चिनारी देखाउने प्रयास ग¥यो । उद्घाटन समारोहको मुख्य आकर्षण मुटुको आकारमा निर्माण गरिएको मुख्य मञ्च थियो । एसियाभरका खेलाडी र जनतालाई ‘हृदयदेखि हृदयसम्म’ जोड्ने र ‘एक एसिया’ को भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुती रह्यो ।

त्यहीअनुरूप मञ्च निर्माण भएको देखिन्थ्यो । भव्य समारोहमा स्थानीय आइची क्षेत्रको औद्योगिक प्रविधि र परम्परागत जापानी कलाको आकर्षक संयोजन रह्यो । परम्परागत जापानी ‘काबुकी’ रंगमञ्चको शैलीलाई विशाल औद्योगिक रोबोटको हातसँग जोडिएको थियो ।

रोबोटको विशाल हातले झण्डा फहराएको दृश्य उद्घाटन समारोहको विशेष आकर्षण रह्यो । ३० हजार दर्शक क्षमताको मिजुहो पार्क एथलेटिक्स रंगशाला पूर्ण रूपमा भरिभराउ रह्यो ।

जहाँ मार्च पास्टका क्रममा नेपाली झन्डा बक्सिङका चन्द्र थापा र कबड्डीकी मानमति बिष्टले फरफराए । मार्च पास्टमा बक्सिङका प्रशिक्षक दीपक महर्जन, उसुका खेलाडी रिता ठकुल्ला र दीपक हमला, सेभ दि मिसन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र बोर्ड सदस्य पवन शाहीका साथै राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी सहभागी रहे । हरेक देशबाट कुल ४० जना मार्च पास्टमा प्रतिनिधित्व बने ।

अबको १५ दिनसम्म ४५ देशका करिब ११ हजार खेलाडीले ४३ खेलमा प्रतिस्पर्धा गर्नेछन् । कुल ७१ विधा र कुल ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । एसियाली खेलकुदको औपचारिक समापन अक्टोबर ४ तारिखमा हुनेछ । उद्घाटन समारोहअघि बास्केटबल, भलिबल, फुटबल र क्रिकेटलगायत केही खेलका प्रतिस्पर्धा गर्नेछ । नेपालबाट २१ खेलमा १ सय ३५ जना खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित: ३ आश्विन २०८३ १९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App