१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
खेल

टेबल टेनिस च्याम्पियनसिपको ट्रफी सार्वजनिक

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा हुने ४२ औं राष्ट्रिय टेबल टेनिस च्याम्पियनसिपको ट्रफी बुधबार सार्वजनिक गरिएको छ।

आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुवेरप्रकाश सिंहलगायत पदाधिकारीको उपस्थितिमा प्रतियोगिताको मुख्य विधा पुरुष/महिला सिंगल्सको विजेतालाई प्रदान गरिने ट्रफी सार्वजनिक गरिएको हो। अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महार्जनका अनुसार उक्त ट्रफी प्रसिद्ध मूर्तिकार सुरेन्द्र शाक्यले तयार गरेका हुन्। नेपाली कला र संस्कृतिको पहिचान झल्किने गरी ट्रफी तयार गरिएको उनले बताए। राष्ट्रिय टेबल टेनिस प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बिहीबारदेखि सुरु हुँदै छ। प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी ११ स्पर्धामा खेल हुनेछ।

सिनियरमा पुरुष/महिला सिंगल्स डबल्स र टिम तथा मिक्स डबल्समा खेल हुनेछ। जुनियर यु–१९ तथा क्याडेट यु–१५ मा ब्वाइज/गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (नेपाल प्रहरी/नेपाल आर्मी/एपिएफ) गरी १० टोलीको सहभागिता रहनेछ। जम्मा  १ सय १६ खेलाडी सहभागी हुनेछन्। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

प्रकाशित: १४ जेष्ठ २०८३ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App