२९ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

बक्स अफिसमा ‘पार्वती’को दबदबा, ‘तिनीहरू’को उत्साहजनक सुरुवात

नेपाली चलचित्रको घरेलु बक्स अफिसमा पछिल्ला दिनमा ‘पार्वती’ले आफ्नो पकड बलियो बनाएको छ। प्रदर्शनको तेस्रो हप्तामा रहेको चलचित्रले २ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै यस वर्षका सफल चलचित्रको सूचीमा आफूलाई उभ्याएको छ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ‘पार्वती’ले भदौ २८ गतेसम्म २ करोड ५ लाख ८५ हजार रुपैयाँभन्दा बढी कमाइ गरेको छ। चलचित्रका ७३ हजारभन्दा बढी टिकट बिक्री भएका छन्।

भदौ १९ गतेदेखि प्रदर्शनमा आएको ‘तिनीहरू’ले पनि बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ। चलचित्रले १० दिनमै करिब ८६ लाख रुपैयाँ ग्रस कमाउँदै ९० लाखको आँकडातर्फ अघि बढेको छ। हालसम्म २४ हजारभन्दा बढी दर्शकले चलचित्र हेरेका छन्।

यसैबीच ‘गौँथली’ले भने नेपाली चलचित्रको बक्स अफिसमा आफ्नो दबदबा कायमै राखेको छ। प्रदर्शनको ५९औँ दिनसम्म चलचित्रले करिब २५ करोड ९४ लाख रुपैयाँ ग्रस कमाइसकेको छ। चलचित्र हेर्ने दर्शक संख्या ९ लाख ४० हजारभन्दा बढी पुगेको छ।

हालसम्मको प्रदर्शनलाई हेर्दा ‘गौँथली’ले ऐतिहासिक कमाइ गरिरहेको छ भने ‘पार्वती’ले पनि यस वर्षकै सफल नेपाली चलचित्रमध्ये आफ्नो स्थान सुरक्षित गरेको छ। नयाँ चलचित्र ‘तिनीहरू’को व्यापारिक यात्रा भने आगामी दिनमा थप रोचक बन्ने देखिएको छ।

प्रकाशित: २९ भाद्र २०८३ १५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App