नेपालले मलेसियाविरुद्धको महिला टी–२० आई सिरिज क्लिनस्वीप गरेको छ।
शुक्रबार सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई सात विकेटले हराएको हो। पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो।
मलेसियाले दिएको ८३ रनको सामान्य लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो। नेपालको जितमा ओपनर सम्झना खड्काले सर्वाधिक ३९ रन बनाइन्।
पूजा महतो ८ र सोनी पाख्रिन १२ रनमा आउट हुँदा कविता कुँवर १९ रनमा नटआउट रहिन्।
मेलेसियाका लागि नुर दानियाँ, आइसा एलिसा फिरदौज र आइना हमिजाले समान एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन बनाएको थियो। उसका लागि आइना हमिजाले सर्वाधिक १७ रन जोडिन्।
नेपालका लागि रुबिना क्षेत्री, कविता कुँवर र रिया शर्माले समान २ विकेट लिए।
यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली मलेसियालाई २ विकेटले हराएको थियो।
नेपालले शनिबारदेखि मलेसियामा एसियन गेम्स क्वालिफायर खेल्नेछ।
प्रकाशित: ८ जेष्ठ २०८३ ११:३७ शुक्रबार





