७ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

विश्व ट्रेल रनमा सुनमाया दोस्रो

सुनमाया बुढाले स्पेनमा भएको विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा दोस्रो स्थान हात पारेकी छन्।

स्पेनको क्यान फ्रान्कमा भएको च्याम्पियनसिपमा सुनमायाले ८१ किलोमिटरको लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पारेकी हुन्। उनले निर्धारित दूरी १० घन्टा २३ मिनेट ३ सेकेन्डमा पूरा गरिन्। सुनमाया पहिलो स्थान हात पारेकी अमेरिकी खेलाडी केटी शिम्ट भन्दा २६ मिनेटले पछि परिन्।

विश्व माउन्टेनको तेस्रो संस्करण तथा ट्रेल रनिङमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। विश्व माउन्टेन रनिङ एसोसिएसनले आयोजना गरेको यस च्याम्पियनसिप पहिलोपल्ट विश्व एथ्लेटिक्स र इन्टरनेसनल एसोसिएसन अफ अल्ट्रा रनर्सको सहकार्यमा भएको हो।

यस च्याम्पियनसिपमा कुल ८० देशका एक हजार ७ सय खेलाडी सहभागी थिए। जो अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता भएको बताइएको छ। नेपाल एडभेन्टर रनिङ फेडेरेसनले नेपालबाट सुनमायासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई प्रतियोगितामा सहभागी गराएको थियो।

८२ किलोमिटर लङ ट्रेलमा सुमन ३२औं स्थानमा र मनकुमार ३६औ स्थानमा रहे। संघका अध्यक्ष एकेन्द्र कुँवरले नेपालले प्राप्त गरेको सफलता व्यक्तिगत मात्र नभएर नेपाली ट्रेल रनिङको विश्वस्तरीय उपस्थिति र सम्भावनालाई उजागर गरेको बताएका छन्।

प्रकाशित: १३ आश्विन २०८२ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App